२४ भाद्र २०८३, बुधबार
09-09-2026 , Wed
×

जटिल रूपमा देखापरेको बालबिवाह जस्तो समस्याको समाधान गर्न समुदायका पक्षहरूले मिलेर लाग्नुपर्ने, राष्ट्रिय मानवअधिकार सम्बन्धि कार्यक्रम भालुवाङमा सम्पन्न :

Logo
बिदुर एमसी प्रकाशित बिहिबार, आषाढ ३२, २०८३

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो ।

अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण गर्नका लागि समुदाय स्तरमा सबै मिलेर काम गर्नुपर्ने कार्यक्रममा सहभागीले औंल्याए ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीलाल अहिरले अशिक्षा र बेरोजगारीले गर्दा उमेर नपुग्दै गरिने बिवाहले मानवअधिकारमा गम्भीर असर परेको तथ्य उजागर गरेका छन् । साे सम्बन्धि कानूनले पनि खासै प्रभाव नपारेकाे मन्त्री अहिरकाे धारणा रहेको छ ।

बर्दिया जिल्लाकाे गुलरिया नगरपालिका र राेल्पा जिल्लाकाे सुनिलस्मृति गाउँपालिकाका सम्बन्धित पालिकाहरुमा गई छलफल गर्दै परामर्श गर्नुका साथै सूचना दाताहरुसित सूचनाको सङ्कलन गरिएको थियो ।

 

परामर्श कार्यक्रममा लमही नगरपालिकाकी उपमेयर लक्ष्मी योगी, गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारी, बालिका दुलही होइनन् ( girls not bride ) का प्रकाश खतिवडा, गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष जित कुमारी बेलबासे, सिविन नेपालका विष्णु पौडेल लगायतका वक्ताहरुले आआफ्नो बिचार प्रस्तुत गरेका थिए ।

आयोगका केन्द्रीय कार्यालय, लैंगिक तथा सामाजिक समावेशीकरण महाशाखा प्रमुख गीता कुमारी दाहालले सम्बन्धित विषयवस्तुको प्रस्तुतिकरण गरेकी थिइन् । संयोजन विज्ञ अनिता भट्टराईले खुला छलफलमा सहजीकरण र प्रस्तुतिकरण गरेकी थिइन् ।

राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका प्रमुख सन्तोष आचार्यले परामर्श कार्यक्रममा स्वागत गर्नुका साथै विषयवस्तुमाथि प्रकाश पारेका थिए ।

आयोगका माननीय सदस्य डा. लिली थापाको अध्यक्षतामा भएको परामर्श कार्यक्रममा आयोगकै लुम्बिनी प्रदेश कार्यालयका मानवअधिकार अधिकृत आशिष श्रेष्ठले सहजीकरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]