०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

बारामा तीव्र गतिको ट्रक व्यक्तिको घरमा ठोकिँदा एक जनाको मृत्यु, केही घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन ०५, २०८३

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो।

बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको टाटा कम्पनीको खाली मिनि ट्रक अचानक अनियन्त्रित भई सडकको बाँया साइडमा रहेको स्थानीय सुरेश साह कानुको घरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्रकमा सवार जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलीप्रति निवासी करिब ५० वर्षीय देव नारायण चौधरी घाइते भएका छन्।

उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ।

प्रहरीले ट्रक चालक रौतहट जिल्ला गुजरा नगरपालिका–९ सिमरा भवानिपुर निवासी २७ वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ।

ट्रकको ठक्करबाट घरको एक साइडको पर्खाल भत्किएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नयाँदिल्ली । पेपर लिक प्रकरणमा प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै धर्नामा बसेका भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेता पक्राउ परेका छन्। प्रधानमन्त्री निवासनजिकै धर्नामा बसेका नेताहरूलाई प्रहरीले साँझ पक्राउ गरेको हो। मंगलबार दिउँसो साढे ३ बजेदेखि प्रधानमन्त्री निवासनजिक धर्नामा बसेका काङ्ग्रेस नेता-कार्यकर्तालाई प्रहरीले उठाएर लगेको छ। पक्राउ पर्नेमा विपक्षी दलका नेतासमेत […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा अपराध नियन्त्रण, लागूऔषध कारोबार नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा भन्सार छली नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। बाँके प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार असारभर २१६ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ११ वटा जघन्य अपराध, ५८ वटा गम्भीर अपराध, १४७ वटा सामान्य अपराध, १६ वटा […]

पर्सा । जगरनाथपुरमा गाउँपालिका ४ को हुलाकी सडकमा एक कारबाट गाँजासहित ती व्यक्ति पक्राउ गरेका ३ साउन ५ गते १५ ५ साउन, काठमाडौं । पर्सा प्रहरीले २० किलो ६८७ ग्राम गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलबार पर्साको जगरनाथपुरमा गाउँपालिका–४ को हुलाकी सडकमा एक कारबाट गाँजासहित ती व्यक्ति पक्राउ गरेका हुन् । […]

error: Content is protected !!