११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

धर्नामा बसेका भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेता राहुल गान्धी मंगलबार साँझ पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन ०५, २०८३

नयाँदिल्ली । पेपर लिक प्रकरणमा प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै धर्नामा बसेका भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेता पक्राउ परेका छन्। प्रधानमन्त्री निवासनजिकै धर्नामा बसेका नेताहरूलाई प्रहरीले साँझ पक्राउ गरेको हो।

मंगलबार दिउँसो साढे ३ बजेदेखि प्रधानमन्त्री निवासनजिक धर्नामा बसेका काङ्ग्रेस नेता-कार्यकर्तालाई प्रहरीले उठाएर लगेको छ। पक्राउ पर्नेमा विपक्षी दलका नेतासमेत रहेका राहुल गान्धीसहित प्रियंका गान्धी, अध्यक्ष मल्लिकार्जुन खड्के, अखिलेश यादवलगायत रहेका छन्।

तीन घण्टासम्म चलेको धर्नाका क्रममा सरकारले राहुल गान्धीसँग दुई पटक वार्ता गरे पनि उनी आफ्नो अडानबाट पछि हटेनन्। त्यसपछि १०० भन्दा बढी प्रहरी घटनास्थलमा पुगेका थिए। काङ्ग्रेस नेता–कार्यकर्ताले घेरा बनाएर राहुलसम्म प्रहरी पुग्न नदिने प्रयास गरेका थिए।

करिब आधा घण्टासम्म प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलको अवस्था सिर्जना भयो। प्रहरीले लाठीचार्जसमेत गरेको थियो। अन्ततः एक दर्जनभन्दा बढी प्रहरीको टोलीले नेताहरूलाई नियन्त्रणमा लिएको हो।

भारतीय कांग्रेसले विशेष गरेर कक्रोच जनता पार्टी (सिजेपी) को विरोध प्रदर्शनमा सहभागी विद्यार्थीहरूमाथि भएको कुटपिट र धरपकडप्रति गम्भीर विमतीसहित धर्ना सुरु गरेको थियो। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, ३० नं. गण हेडक्वाटर बागेश्वरी बाँकेले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरको कपडाहरु बरामद गरेको छ। गस्तीमा खटिएको ३० नम्बर गणको प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा उक्त कपडाहरु पक्राउ गरेको हो। बरामद गरिएका कपडाहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने […]

घोराही बनाउँ अभियानद्वारा घोराहीमा सञ्चारकर्मीसँग अन्तरसंवाद गर्दै, विकासका मुद्दामा सञ्चार क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता दाङ । घोराहीको समृद्धि, विकास र सुशासन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउने उद्देश्यले घोराही बनाऔँ अभियानले ‘समृद्धि, विकास र सुशासनका लागि सञ्चार’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ। २०८३ कार्तिक ११ गते बुधबार बिहान १२ बजे नेपाल पत्रकार महासङ्घ […]

बाँके । बैजनाथ जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका-१, चिसापानीमा चिसापानी ट्राफिक प्रहरीको समन्वयमा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरिएको हो। सडक सुरक्षा प्रवर्द्धन, पैदलयात्रीहरुको सुरक्षित आवागमन तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैजनाथ जेसीजले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने चिसापानी […]