११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

ट्राफिक प्रहरी कार्यालय लमहीका इन्चार्ज प्रहरी नायब निरीक्षक मधु थापाको कमान्डमा स्कुल बसमा चेकजाँच,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन ०८, २०८३

दाङ । लमही अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक मधु थापाको कमान्डमा लमहीमा स्कुल बस चेकजाँच अभियान चलाइएको छ ।

क्षमताभन्दा बढी विद्यार्थी ओसारपसार गरेको ४ वटा स्कुल बसलाई कारबाही गरिएको छ ।
ओभरलोड, सिट बेल्ट नभएको,ढोकामा झुण्डिएर यात्रा गराउने जस्ता गल्तीमा कारबाही परेको छ
बाँकी १५ भन्दा बढी विद्यालय बसका चालक र सहचालकलाई

– सडक सुरक्षा
– ट्राफिक नियम
– दुर्घटना न्यूनिकरण
बारे सचेतना दिइएको थियो

किन जरुरी थियो यो अप्रेसन लमही-भालुवाङ सडकमा स्कुल बस दुर्घटनाको जोखिम बढ्दै गएको थियो। क्षमता भन्दा २ गुणा बढी विद्यार्थी कोचेर राख्दा ब्रेक लागेन भने वा ठक्कर भयो भने ठूलो क्षति हुन्छ। सानो लापरवाहीले धेरै जीवन जोखिममा पर्छ।

प्रहरी नायब निरीक्षक मधु थापाको नेतृत्वमा भएको यो अभियानले अभिभावक र विद्यालयलाई पनि सजग बनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, ३० नं. गण हेडक्वाटर बागेश्वरी बाँकेले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरको कपडाहरु बरामद गरेको छ। गस्तीमा खटिएको ३० नम्बर गणको प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा उक्त कपडाहरु पक्राउ गरेको हो। बरामद गरिएका कपडाहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने […]

घोराही बनाउँ अभियानद्वारा घोराहीमा सञ्चारकर्मीसँग अन्तरसंवाद गर्दै, विकासका मुद्दामा सञ्चार क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता दाङ । घोराहीको समृद्धि, विकास र सुशासन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउने उद्देश्यले घोराही बनाऔँ अभियानले ‘समृद्धि, विकास र सुशासनका लागि सञ्चार’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ। २०८३ कार्तिक ११ गते बुधबार बिहान १२ बजे नेपाल पत्रकार महासङ्घ […]

बाँके । बैजनाथ जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका-१, चिसापानीमा चिसापानी ट्राफिक प्रहरीको समन्वयमा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरिएको हो। सडक सुरक्षा प्रवर्द्धन, पैदलयात्रीहरुको सुरक्षित आवागमन तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैजनाथ जेसीजले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने चिसापानी […]