केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन
लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP माग्दैन एकपटक स्क्रिन सेयर गरेपछि उसले तपाईंको बैंक एप, OTP सबै देख्छ लिंकमा क्लिक नगर्नुस् SMS/Whatsapp मा आएको अनजान लिंकबाट एप इन्स्टल नगर्नुस् पिन, पासवर्ड, कार्डको CVV नभन्नुस् ।
शंका लागे तुरुन्त फोन काटिदिनुस्
बैंकको आधिकारिक नम्बरमा मात्र सम्पर्क गर्नुस्
ठगिएको खण्डमा तुरुन्त बैंकलाई खबर गर्नुस् र नजिकको प्रहरीमा उजुरी दिनुस्
यो सन्देश आफ्ना आमा-बुबा, दाजुभाइ, दिदीबहिनीलाई पठाइदिनुस् ।
तपाईंले भनेजस्तै केही नम्बरमा उजुरी परिसकेको छ। प्रहरीले पनि अहिले साइबर अपराधको केस बढाएर अनुसन्धान गरिरहेको छ।
याद राख्नुस्: बैंकले कहिल्यै फोन गरेर पैसा फिर्ता गर्न वा OTP माग्दैन।