११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

भाइरल गायक अशोक दर्जीले आफुलाई कुटपिट गर्ने हरुलाई हाले प्रहरीमा उजुरी,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन ११, २०८३

झापा । सामाजिक सञ्जालमा भाइरल गायक अशोक दर्जीलाई एक किशोरले थप्पड हानेको र ‘पैसा चोरी गरेको’ आरोप लगाएको भिडिओ सार्वजनिक भएसँगै उनका शुभचिन्तक चिन्तामा परेका छन् ।

गायक दर्जीले आफूमाथि अन्याय भएको र योजनाबद्ध रूपमा फसाइएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनी, झापामा दिएको लिखित निवेदन पनि सार्वजनिक भएको छ ।

केही सेकेन्डको भिडियो हिजो राति अभियन्ता विनयजंग कुँवर र पूजा कुँवरले सेयर गरेका थिए । भिडिओको स्रोतबारे उनीहरुले बताएका छैनन् । अशोक खराब संगतमा परेको उनीहरुको भनाइ छ ।

सार्वजनिक भएको भिडिओमा केही व्यक्तिहरूले अशोकलाई घेरेर कुटपिट गरेको र पैसाको लेनदेनका विषयमा आरोप लगाएको देखिन्छ ।

अशोक दर्जीले उक्त घटना करिब एक महिना अगाडिको एउटा योजनाबद्ध ‘ट्र्याप’ भएको बताएका छन् ।

अशोकले दिएको निवेदन अनुसार, उनी करिब एक महिनाअघि बिर्तामोडस्थित आफ्नो मावली घर गएका थिए ।

सोही क्रममा बिर्तामोडको महानन्द चोक नजिकै साथीहरुसँग खाजा खाइरहेका बेला ‘अङ्कित’ नामको साथीले ‘काजी दाइ’सँग १ हजार रुपैयाँ लिएर भित्री गल्लीमा गएको निवेदनमा उल्लेख छ ।

घटनाको एक हप्तापछि देवीबस्ती गेट नजिकै स्कुटीमा पेट्रोल हालिरहेको अवस्थामा अङ्कित, शशांक प्रधान र ‘गुन्द्रुक’ भन्ने व्यक्तिले आफूलाई अचानक घेरेको उनले बताएका छन् ।

उनीहरूले ‘हजार रुपैयाँ चोरेको’ आरोप लगाउँदै कुटपिट गरेको र सोही क्रममा मोबाइलबाट भिडिओ खिचेको निवेदनमा उल्लेख छ ।

अशोक दर्जीले आफ्नो उजुरीमा ती व्यक्तिहरूले नियोजित रूपमा भिडिओ बनाएर सामाजिक सञ्जालमा फैलाएको र आफ्नो भविष्य तथा सामाजिक प्रतिष्ठामाथि खेलबाड गरेको बताएका छन् । उनले पटक–पटक उक्त भिडिओ हटाइदिन आग्रह गर्दा पनि उल्टै धम्की दिइएको गुनासो गरेका छन् ।

‘मेरो सामाजिक प्रतिष्ठा र भविष्यमाथि गम्भीर चोट पुर्‍याइएको छ । ती व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही गरियोस् र मलाई न्याय दिलाइयोस्,’ दर्जीले निवेदनमा माग गरेका छन् ।

भिडिओ सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा अशोक दर्जीको अवस्थालाई लिएर चिन्ता व्यक्त गरिएको छ । भिडिओमा उनी निकै डराएको र निरीह अवस्थामा देखिएका छन् ।

धेरैले सानै उमेरमा चर्चामा आएका कलाकारलाई संरक्षण गर्नुको साटो यसरी दुर्व्यवहार गरिनु दुःखद भएको टिप्पणी गरेका छन् ।

अशोक दर्जी सानो उमेरमा भाइरल भएपछि संगीतकार टंक बुढाथोकीले उनलाई संरक्षण गरेका थिए । टंको संगीतमा अशोकले गाएको ‘मन बिनाको धन’ गीत सुपरहिट छ ।

हालैमात्र उनी टंकको साथ छोडेर आफ्नो परिवारमा फिर्ता भएका हुन् । अशोक दर्जीले गायनसँगै चलचित्रमा पनि काम गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, ३० नं. गण हेडक्वाटर बागेश्वरी बाँकेले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरको कपडाहरु बरामद गरेको छ। गस्तीमा खटिएको ३० नम्बर गणको प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा उक्त कपडाहरु पक्राउ गरेको हो। बरामद गरिएका कपडाहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने […]

घोराही बनाउँ अभियानद्वारा घोराहीमा सञ्चारकर्मीसँग अन्तरसंवाद गर्दै, विकासका मुद्दामा सञ्चार क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता दाङ । घोराहीको समृद्धि, विकास र सुशासन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउने उद्देश्यले घोराही बनाऔँ अभियानले ‘समृद्धि, विकास र सुशासनका लागि सञ्चार’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ। २०८३ कार्तिक ११ गते बुधबार बिहान १२ बजे नेपाल पत्रकार महासङ्घ […]

बाँके । बैजनाथ जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका-१, चिसापानीमा चिसापानी ट्राफिक प्रहरीको समन्वयमा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरिएको हो। सडक सुरक्षा प्रवर्द्धन, पैदलयात्रीहरुको सुरक्षित आवागमन तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैजनाथ जेसीजले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने चिसापानी […]