१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

तराई-मधेशमा नेपाल प्रहरीले ४ एआईजी २ डीआईजी सहितको टोली खटायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन १५, २०८३

काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनापछि तराई-मधेश तनावग्रस्त बनेको छ। यसलाई साम्य पार्न सुरक्षा व्यवस्थापनको लागि प्रहरी जनशक्ति तथा स्रोत साधन परिचालनको प्रभावकारीता मूल्या‌ङ्कन, नीति निर्देशन, सुरक्षा योजनाको कार्यान्वयनका लागि प्रहरी टोली खटाएको हो।

तराई-मधेमा खटाएको प्रहरी टोलीलाई सूचना संकलन तथा विश्लेषण र आवश्यकतानुसार फिल्डमा समेत खटिई सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय, सहजिकरण गरी समस्या तथा गुनासो सुन्ने निर्देशन दिइएको छ। त्यस्तै, परिस्थितिलाई काबू बाहिर जान नदिई समयमै स्थितिको सामान्यीकरण गर्ने र भए गरेको विवरण आवश्यकता अनुसार प्रहरी महानिरीक्षक समक्ष जाहेर गर्ने गरी उनीहरूलाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरू शिद्धीविक्रम शाहलाई बाँके, हिमालयकुमार श्रेष्ठलाई मधेश प्रदेश, उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तु र ईशवर कार्कीलाई कोशी प्रदेश र सुनसरीमा खटाएको हो।

त्यस्तै, प्रहरी नायव महानिरीक्षकद्वय दिनेशकुमार आचार्यलाई सिराहा र अविनारायण काफ्लेलाई सप्तरी पठाएको छ।

यसैगरी, नौ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई तराई-मधेश पठाएको छ। एसएसपीहरू गोपालचन्द्र भट्टराईलाई सर्लाही, सोमेन्द्रसिंह राठौरलाई पर्सा, दीप शम्शेर जबरालाई रौतहट, नवराज अधिकारीलाई चितवन, कृष्णप्रसाद पंगेनीलाई महोत्तरी, होबिन्द्र बोगटीलाई बारा, ज्ञानेन्द्रप्रसाद फुयाँललाई मोरङ, भुवनेश्वर तिवारीलाई धनुषा र अमरेन्द्रबहादुर सिंहलाई मधेश प्रदेशमा खटाइएको छ।

साउन ९ गते सुनसरीको कप्तानगन्ज बजारमा दुई समूहबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा झडपमा परिणत भएको थियो।

स्थित नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एक युवकको मृत्यु भएको थियो। त्यसपछि सुनसरीसँगै मधेशका आसपासका जिल्लामा तनाव उत्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, ३० नं. गण हेडक्वाटर बागेश्वरी बाँकेले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरको कपडाहरु बरामद गरेको छ। गस्तीमा खटिएको ३० नम्बर गणको प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा उक्त कपडाहरु पक्राउ गरेको हो। बरामद गरिएका कपडाहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने […]

घोराही बनाउँ अभियानद्वारा घोराहीमा सञ्चारकर्मीसँग अन्तरसंवाद गर्दै, विकासका मुद्दामा सञ्चार क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता दाङ । घोराहीको समृद्धि, विकास र सुशासन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउने उद्देश्यले घोराही बनाऔँ अभियानले ‘समृद्धि, विकास र सुशासनका लागि सञ्चार’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ। २०८३ कार्तिक ११ गते बुधबार बिहान १२ बजे नेपाल पत्रकार महासङ्घ […]

बाँके । बैजनाथ जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका-१, चिसापानीमा चिसापानी ट्राफिक प्रहरीको समन्वयमा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरिएको हो। सडक सुरक्षा प्रवर्द्धन, पैदलयात्रीहरुको सुरक्षित आवागमन तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैजनाथ जेसीजले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने चिसापानी […]