१६ साउन २०८३, शनिबार
01-08-2026 , Sat
×

तराई-मधेशमा नेपाल प्रहरीले ४ एआईजी २ डीआईजी सहितको टोली खटायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन १५, २०८३

काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनापछि तराई-मधेश तनावग्रस्त बनेको छ। यसलाई साम्य पार्न सुरक्षा व्यवस्थापनको लागि प्रहरी जनशक्ति तथा स्रोत साधन परिचालनको प्रभावकारीता मूल्या‌ङ्कन, नीति निर्देशन, सुरक्षा योजनाको कार्यान्वयनका लागि प्रहरी टोली खटाएको हो।

तराई-मधेमा खटाएको प्रहरी टोलीलाई सूचना संकलन तथा विश्लेषण र आवश्यकतानुसार फिल्डमा समेत खटिई सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय, सहजिकरण गरी समस्या तथा गुनासो सुन्ने निर्देशन दिइएको छ। त्यस्तै, परिस्थितिलाई काबू बाहिर जान नदिई समयमै स्थितिको सामान्यीकरण गर्ने र भए गरेको विवरण आवश्यकता अनुसार प्रहरी महानिरीक्षक समक्ष जाहेर गर्ने गरी उनीहरूलाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरू शिद्धीविक्रम शाहलाई बाँके, हिमालयकुमार श्रेष्ठलाई मधेश प्रदेश, उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तु र ईशवर कार्कीलाई कोशी प्रदेश र सुनसरीमा खटाएको हो।

त्यस्तै, प्रहरी नायव महानिरीक्षकद्वय दिनेशकुमार आचार्यलाई सिराहा र अविनारायण काफ्लेलाई सप्तरी पठाएको छ।

यसैगरी, नौ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई तराई-मधेश पठाएको छ। एसएसपीहरू गोपालचन्द्र भट्टराईलाई सर्लाही, सोमेन्द्रसिंह राठौरलाई पर्सा, दीप शम्शेर जबरालाई रौतहट, नवराज अधिकारीलाई चितवन, कृष्णप्रसाद पंगेनीलाई महोत्तरी, होबिन्द्र बोगटीलाई बारा, ज्ञानेन्द्रप्रसाद फुयाँललाई मोरङ, भुवनेश्वर तिवारीलाई धनुषा र अमरेन्द्रबहादुर सिंहलाई मधेश प्रदेशमा खटाइएको छ।

साउन ९ गते सुनसरीको कप्तानगन्ज बजारमा दुई समूहबीच विवाद भएको थियो। विवाद बढ्दै जाँदा झडपमा परिणत भएको थियो।

स्थित नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा एक युवकको मृत्यु भएको थियो। त्यसपछि सुनसरीसँगै मधेशका आसपासका जिल्लामा तनाव उत्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज दर्जनौं प्रहरीको उपस्थितिमै भन्सार छली भएको यो घटनाले फेरि सीमा सुरक्षामाथि प्रश्न उठाएको छ। नेपालगन्जको मुख्य सिमानाकाको भन्सार,यात्रु शाखाबाट इन्डियन गाडी स्कार्पियो नं. GJ18BO899 बिना भन्सारका A/C कपडामा बेरिएको देखे पछी नेपालगन्ज भन्सारका कर्मचारी तिर्थ निरौलाले चेकजाँचको क्रममा फेला परेपछि सामान भन्सारमा बुझाएका थिए । त्यहाँ दर्जनौं सशस्त्र प्रहरी र नेपाल प्रहरी […]

काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनापछि तराई-मधेश तनावग्रस्त बनेको छ। यसलाई साम्य पार्न सुरक्षा व्यवस्थापनको लागि प्रहरी जनशक्ति तथा स्रोत साधन परिचालनको प्रभावकारीता मूल्या‌ङ्कन, नीति निर्देशन, सुरक्षा योजनाको कार्यान्वयनका लागि प्रहरी टोली खटाएको हो। तराई-मधेमा खटाएको प्रहरी टोलीलाई सूचना संकलन तथा विश्लेषण र आवश्यकतानुसार फिल्डमा समेत खटिई सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय, […]

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ स्थित खड्का खाजा घरमा भारतीय नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले भारतका २ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट भारतीय नक्कली नोट रु. ७०,००० (५०० दरका १४० थान), सक्कली भारतीय मुद्रा रु. २,७५८, नेपाली नगद रु. २,१८० तथा २ थान […]

error: Content is protected !!