१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

कपिलवस्तु र अर्घाखाँचीको सिमानाका शिव भाइरल पहाड लुम्बिनीको नयाँ पर्यटकीय हब बन्दै,

Logo
Abc Sanchar प्रकाशित आइतबार, साउन २४, २०८३

अर्घाखाँची र कपिलवस्तुको सिमानामा पर्ने शिव भाइरल पहाड अहिले सामाजिक सञ्जालकै कारण चर्चामा आएर आन्तरिक पर्यटनको नयाँ गन्तव्य बनेको छ।

पहाडको टुप्पोमा शिव मन्दिर र वरिपरि खुला फराकिलो दृश्य। घाम उदाएको र अस्ताएको समयको भ्यु एकदमै राम्रो टिकटक, रिल्स र फेसबुकमा यहाँका भिडियो भाइरल भएपछि युवा पुस्ता तानिएका हुन् ।

अर्घाखाँचीको सन्धिखर्क र कपिलवस्तुको कृष्णनगर दुवै तर्फबाट पुग्न मिल्ने भएकाले दुई जिल्लाका मानिसका लागि वीकेण्ड डेस्टिनेसन बनेको छ ।

शिव मन्दिर पहाडको टुप्पोमा प्राकृतिक शिवलिङ्ग भएको विश्वास प्यानोरामिक भ्यु फेवा ताल जस्तै तराई र पहाड दुवैको दृश्य एकै ठाउँबाट देखिन्छ
फोटो पोइन्ट: बादल, हरियो डाँडा र घुम्ती बाटोले गर्दा फोटो खिच्नका लागि बेस्ट लोकेशन पनि छ ।

अर्घाखाँची साइडबाट सन्धिखर्क हुँदै र कपिलवस्तु साइडबाट कृष्णनगर-तौलिहवा हुँदै पुग्न सकिन्छ। अहिले बाटो ग्रामीण सडक भएकाले बाइक र जिप बढी प्रयोग हुन्छ।

भाइरल भएपछि भीड बढेको छ। तर पूर्वाधार अझै कम छ। पानी, खाजा आफैले लैजानुपर्ने। स्थानीयले सानो ठेला पसल सुरु गरेका छन्। फोहोर नगर्ने र मन्दिरको मर्यादा राख्ने कुरामा सचेत हुनुपर्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, ३० नं. गण हेडक्वाटर बागेश्वरी बाँकेले भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका लाखौं मूल्य बराबरको कपडाहरु बरामद गरेको छ। गस्तीमा खटिएको ३० नम्बर गणको प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा उक्त कपडाहरु पक्राउ गरेको हो। बरामद गरिएका कपडाहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउने […]

घोराही बनाउँ अभियानद्वारा घोराहीमा सञ्चारकर्मीसँग अन्तरसंवाद गर्दै, विकासका मुद्दामा सञ्चार क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता दाङ । घोराहीको समृद्धि, विकास र सुशासन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउने उद्देश्यले घोराही बनाऔँ अभियानले ‘समृद्धि, विकास र सुशासनका लागि सञ्चार’ विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ। २०८३ कार्तिक ११ गते बुधबार बिहान १२ बजे नेपाल पत्रकार महासङ्घ […]

बाँके । बैजनाथ जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका-१, चिसापानीमा चिसापानी ट्राफिक प्रहरीको समन्वयमा जेब्रा क्रसिङ निर्माण कार्य सम्पन्न गरिएको हो। सडक सुरक्षा प्रवर्द्धन, पैदलयात्रीहरुको सुरक्षित आवागमन तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको बैजनाथ जेसीजले जनाएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने चिसापानी […]