१९ भाद्र २०८३, शुक्रबार
04-09-2026 , Fri
×

ईप्रका भगवानपुरले नागरिकका गुनासो सूचना तथा सुझाव सहज रूपमा प्रहरीसमक्ष पुर्याउन QR कोडको व्यवस्था,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र १८, २०८३

बाँके । नरैनापुरस्थित इलाका प्रहरी कार्यालय भगवानपुरले नागरिकका गुनासो, सूचना तथा सुझाव सहज रूपमा प्रहरीसमक्ष पु¥याउन क्यूआर कोडको व्यवस्था गरेको छ।

अब गुनासो, सूचना वा सुझाव दिन प्रहरी कार्यालयमै पुग्नुपर्ने बाध्यता नरहने गरी क्यूआर कोडमार्फत जानकारी पठाउन सकिने व्यवस्था गरिएको हो। नागरिकले कार्यालयले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी आफूले देखेको कुनै घटना, समस्या वा आवश्यक सूचना प्रहरीलाई दिन सक्नेछन्।

प्रहरीका अनुसार नागरिकले दिएको सामान्य देखिने सूचना पनि अपराध रोकथाम तथा सम्भावित जोखिम न्यूनीकरणमा महत्वपूर्ण हुन सक्छ। नागरिकका गुनासो तथा सूचनालाई सहज रूपमा प्राप्त गरी आवश्यक कारबाही अघि बढाउन क्यूआर कोडको व्यवस्था गरिएको बताइएको छ।

यस पहलले प्रहरी सेवा थप सहज, पारदर्शी, जवाफदेही तथा नागरिकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रहरी र नागरिकबीचको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गरिएको यस्तो व्यवस्था नागरिकका लागि उपयोगी रहेको स्थानीय लगायत युवाहरुको बुझाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नरैनापुरस्थित इलाका प्रहरी कार्यालय भगवानपुरले नागरिकका गुनासो, सूचना तथा सुझाव सहज रूपमा प्रहरीसमक्ष पु¥याउन क्यूआर कोडको व्यवस्था गरेको छ। अब गुनासो, सूचना वा सुझाव दिन प्रहरी कार्यालयमै पुग्नुपर्ने बाध्यता नरहने गरी क्यूआर कोडमार्फत जानकारी पठाउन सकिने व्यवस्था गरिएको हो। नागरिकले कार्यालयले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी आफूले देखेको कुनै घटना, समस्या वा […]

मुग्लिङ । नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार आज ३३ जना रुख काट्न र झाडी फाँड्न परिचालन गरिएको छ । तीमध्ये चार जना सुपरभाइजर हुन् भने बाँकी मजदुर हुन्। बुधबारबाटै झाडी फाँड्न थालिएको भए पनि आज रुखसमेत काट्न सुरु गरिएको हो । भित्तो पट्टिको डाँडाको भागलाई सफा गरेपछि कहाँबाट बाटो खोल्ने भन्ने […]

दाङ। नेवार सेवा समिति घोराहीले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा ३० हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको छ। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। बाढीका कारण ज्यान गुमाएका परिवारप्रति श्रद्धाञ्जली तथा […]