१२ आश्विन २०८३, सोमबार
28-09-2026 , Mon
×

नेपाल प्रहरी प्रधान कार्यालयले ९ जना प्रहरीलाई हेडक्वार्टरको ताकेता, ७ दिनभित्र नआए जागिर चट्

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आश्विन १२, २०८३

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका सई र असईसहित ९ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।

प्रधान कार्यालयले सोमबार सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।

सूचनाअनुसार सई शुक्रबहादुर महतो, असई खर्ग बहादुर गुरुङ, सहायक हवल्दार रोशन राई, सुरेश नेपाली, जवान मोहन भण्डारी, कल्पना रानामगर, राजेन्द्र विश्वकर्मा, सुमन चौधरी र टोपलाल चौधरी रहेका छन् ।

प्रहरी नियमावली, २०७१ को नियम ११५ बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा नआएपछि प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको जनाएको छ। तोकिएको अवधिभित्र हाजिर नभए प्रहरी नियमावलीका नियम ११३ र १०९ बमोजिम सेवाबाट हटाउने कारबाही अघि बढाइने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका सई र असईसहित ९ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। प्रधान कार्यालयले सोमबार सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । सूचनाअनुसार सई शुक्रबहादुर महतो, असई खर्ग […]

चितवन । नारायणी नदीको पुलमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने काम सुरु भएको छ। नदीको बहाव घटेपछि क्रेनको सहायताले क्रुज निकाल्न थालिएको हो। हिजो बाढीले बगाएर ल्याएको क्रुज नारायणी पुलमा अड्किएको थियो।

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट पेट्रोल पम्प नजिक बाइक र अटो ठोक्किएका छन्। दुर्घटनामा बाइकमा सवार दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भालुवाङ स्वास्थ्य चौकी पठाइएको छ। थप विवरण आउन बाँकी छ।