०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

अब प्रहरीमा राजीनाम दिंदा श्रीमतीको सहभागिता अनिवार्य हुनुपर्ने नियम

Logo
प्रकाशित सोमबार, फाल्गुण ०५, २०७६

सागर थापा
काठमाडौँ फागुन ५ नेपाल प्रहरीमा राजीनामा दिंदा श्रीमतीको सहभागिता अनिवार्य चाहिने नियम लागू गरिएको छ । प्रहरी कर्मचारीले राजीनामा दिनुपूर्व श्रीमतीको स्वीकृतसहित स्वयम् श्रीमतीलाई उपस्थित गराउनुपर्ने भएको हो ।प्रहरी प्रधान कार्यालयले घरपरिवार र श्रीमतीको सल्लाहबिना नै राजीनामा दिंदा कतिपय प्रहरी कर्मचारीको परिवार नै अलपत्र पर्ने अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै राजीनामा दिंदा श्रीमतीको सहभागिता अनिवार्य गराएको छ । विभिन्न कारणले हरेक वर्ष प्रहरी कर्मचारीले राजीनामा दिने गरेका छन् ।
प्रहरी जवान र हल्वदारले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा राजीनामा बुझाउन पाउने प्रावधान छ भने प्रहरी सहायक निरीक्षकले प्रहरी नायब महानिरीक्षक, प्रहरी नायब निरीक्षकले प्रहरी अतिरिक्त महानिरीक्षलाई राजीनामा बुझाउने प्रचलन छ ।प्रहरी निरीक्षकदेखि माथिल्लो पदका प्रहरी अधिकारीको राजीनामा भने प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट स्वीकृत गराउने गरेको छ ।नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षत्रीले राजीनामा दिंदा श्रीमतीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको स्विकार्दै नेपाल समाचारपत्रसँग भन्नुभयो प्रहरी कर्मचारीले राजीनामा गर्न पाउने अधिकार छ, तर घरपरिवारको सहमति र श्रीमतीको उपस्थिति अनिवार्य गराएर मात्र स्वीकृत गर्ने गरेका छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]

  काठमाडौं – बडा दसैं २०८३ को पावन अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई दशैंको टीका र जमरा प्रदान गर्नुभएको छ। प्रहरी प्रधान कार्यालयस्थित निवासमा आयोजित कार्यक्रममा उहाँले प्रहरी कर्मचारी तथा परिवारजनलाई टीका, जमरा लगाइदिँदै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो।