०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी पौडेलले लगाए प्रहरी कर्मचारी र परिवारलाई दसैँको टीका

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक ०७, २०८३

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्।

शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्।

सो अवसरमा महानिरीक्षक पौडेलले राज्यले सुम्पिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सबै राष्ट्रसेवक कर्मचारी व्यावसायिक, अनुशासित, कर्तव्यनिष्ठ, इमानदार तथा जवाफदेही बन्नुपर्नेमा जोड दिए। उनले मातादुर्गा भवानीले सबैलाई आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने शक्ति र आशीर्वाद प्रदान गरून् भन्ने कामनासमेत गरे।

कार्यक्रममा सशस्त्र प्रहरी बलका बहालवाला तथा अवकाशप्राप्त कर्मचारी र उनीहरूका परिवारजनको उपस्थिति थियो। कार्यक्रममा सहभागीहरूले एकआपसमा दसैँको शुभकामना आदानप्रदान गर्दै पारिवारिक आत्मीयतासँगै सङ्गठनप्रतिको सम्मान, भ्रातृत्व र एकताको भावना अभिव्यक्त गरेका थिए।

बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र परिवारजनबीचको सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यसहित आयोजित कार्यक्रम आपसी सद्भाव र शुभकामना आदानप्रदानका साथ सम्पन्न भएको थियो।

बडादसैँको टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]

  काठमाडौं – बडा दसैं २०८३ को पावन अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई दशैंको टीका र जमरा प्रदान गर्नुभएको छ। प्रहरी प्रधान कार्यालयस्थित निवासमा आयोजित कार्यक्रममा उहाँले प्रहरी कर्मचारी तथा परिवारजनलाई टीका, जमरा लगाइदिँदै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो।

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।