एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ।
जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ।
इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना बनाइने उल्लेख गरिएको छ।
यो हमला १९८४ को अपरेसन ब्लु स्टारको बदला लिने उद्देश्यले हुने बताइएको छ।
सोही इमेलमा गायक दिलजित दोसाँझलाई पनि आत्मघाती हमलामा ज्यान मार्ने धम्की दिइएको छ।
यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ।
आइतबार मुम्बईमा अभिनेता टाइगर श्राफ सवार कारमा गोली हानिएको पाँच दिनपछि यो इमेल आएको हो।