उदयपुर । कटारी नगरपालिका-०४ मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
प्र.३-०१-०२३ च ६५०६ नम्बरको बोलेरो जिप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते हुनेहरुमा:
*१.* जिप चालक उदयपुर कटारी न.पा.-११ बस्ने वर्ष २९ का निर्प बहादुर खड्का
*२.* झापा बिर्तामोड न.पा.-६ बस्ने अं. वर्ष ३७ की मेनुका मगर (भुजेल)
*३.* मेनुका मगरका छोरा अं. वर्ष १४ का रेहान भुजेल
*४.* मेनुका मगरकी छोरी अं. वर्ष ७ की प्रिन्सिका भुजेल
*५.* मकवानपुर हेटौंडा उ.म.न.पा.-५ बस्ने वर्ष १६ की तेन्जु लामा
*६.* उदयपुर कटारी न.पा.-२ बस्ने अं. वर्ष ७१ का राम बहादुर मगर
*७.* राम बहादुर मगरकी छोरी अं. वर्ष ३५ की लिसना मगर
*८.* कटारी-२ बस्ने अं. वर्ष ६० की गोमा श्रेष्ठ
*९.* कटारी-५ बस्ने अं. वर्ष ३९ की अम्बिका दाहाल
*१०.* अम्बिका दाहालका छोरा अं. वर्ष १० का दिक्षित दाहाल
*११.* कटारी-११ बस्ने अं. वर्ष २१ की निर्मला राउत
*१२.* कटारी-११ बस्ने अं. वर्ष २६ की दिल कुमारी हायु
*१३.* दिल कुमारी हायुका छोरा २२ महिनाका दियांस हायु
*१४.* महोत्तरी गौशाला न.पा.-१ बस्ने अं. वर्ष ३५ की कबिता रेग्मी
*१५.* सिन्धुली दुधौली न.पा.-११ बस्ने प्रेम पौडेलका छोरा अं. वर्ष १० का प्रदिप पौडेल
घाइतेहरुको कटारी अस्पतालमा उपचार भइरहेको छ भने अवस्था गम्भीर रहेका ७१ वर्षीय राम बहादुर मगरलाई थप उपचारको लागि विराटनगर पठाइएको छ।
जिप चालक सामान्य घाइते रहेको र उपचार पश्चात नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।