गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दवौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
२०८३ कार्तिक १० गते सोमबार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको BAA ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्ड अन्तर्गत दवौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा मृत्यु हुनेहरुमा:
*१.* निता बगाले
*२.* स्कारपियो चालक स्याङ्जा वालिङ न.पा.-२ का ६७ वर्षीय दिलिप कुमार बगाले
*३.* वालिङ न.पा.-१० का ६० वर्षीय शिव पराजुली
*४.* गुल्मी कालीगण्डकी गा.पा.-१ सिरकोट घर भई हाल वालिङ बस्दै आएका लोकनाथ पाण्डे
*५.* सोही ठाउँकी सिता पाण्डे
*६.* कालीगण्डकी गा.पा.-१ सिरकोट घर भई हाल बुटवल खैरेनी बस्दै आएका कुलानन्द पाण्डे रहेका छन्।
त्यस्तै घाइते हुनेहरुमा कालीगण्डकी गा.पा.-१ सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे र स्याङ्जा वालिङ न.पा.-१० का बालकृष्ण सुवेदी रहेका छन्।
घाइते मध्ये छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा प्राथमिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको र अवस्था गम्भीर रहेको छ।
गोमता पाण्डेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ भने बालकृष्ण सुवेदीलाई मिर्मीबाट मणिपाल शिक्षण अस्पताल पोखरा रेफर गरिएको छ। दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।