२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

बाँके ट्राफिकले दुर्घटना न्यूनीकरण गर्न १८ ठाँउमा राखियो ट्राफिक नियमको सुचनामुलुक बोर्ड

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०६, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँके फागुन ६ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले सवारी दुर्घटना न्युनिकरण तथा सडक सचेतनाका लागि सोमबार कोहलपुर देखि चिसापानी देवराली सम्म विभिन्न ठाँउहरुमा ७ वटा ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक बोर्डहरु राखेको छ।
यस्तै मंगलबार राप्ती सोनारी गाउँपालिकाको सहयोगमा ११ वटा ट्राफिक नियम सम्बन्धि जनचेतना मुलुक बोर्डहरु कोहलपुर देखि सम्सेरगन्ज अगैया कुसुम लगाएत विभिन्न ठाँउको सडक खण्डहरुमा राखिएको छ । तिब्र गतिमा चलाउने सवारी साधनहरुको गति कम गर्न बाटोहरुमा ट्राफिक नियमको बोर्डहरु बाँके ट्राफिकले तीब्र गतिमा राख्न थालेको छ । दिन प्रति दिन बढ्दै गईरहेको सवारी साधन दुर्घटना न्युनिकरण गर्ने उद्देश्यका साथ उक्त बोर्डहरु सोमबार र मंगलबार राखिएको हो ।
तिब्र गतिका कारण हुनसक्ने सवारी दुर्घटनालाई मध्यनगर गर्दै बढी दुर्घटना ग्रस्त क्षेत्रहरुको चयन गरी यस कार्यको थालनी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिनुभएको छ । बाँके जिल्ला ट्राफिक प्रमुख बमका अनुसार केही हदसम्म भएपनि सवारी दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
आगामी दिनहरुमा बाँके जिल्लाभर बढी दुर्घटना ग्रस्त क्षेत्रहरुको पहिचान गरी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम सम्बन्धि बोर्डहरु राख्ने योजना समेत रहेको बाँके ट्राफिक प्रमुख बमले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मेलमा आएको धम्कीपूर्ण पत्रले अहिले प्रहरीले सतर्कता बढाएको छ। केही दिन अघि अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा नदिए ज्यान मार्ने धम्की मेलबाट आएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको थियो। प्रहरीका अनुसार राईसँगै अन्य व्यक्तिहरुलाई पनि धम्की दिइएको छ। हाल अख्तियार प्रमुख प्रेम राईदेखि पूर्व गृहमन्त्री रमेश […]

काठमाडौं । विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ । सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् । रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ । रक्सीको खराब असर महिलामा देखिन […]

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

error: Content is protected !!