१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

बाँके ट्राफिकले दुर्घटना न्यूनीकरण गर्न १८ ठाँउमा राखियो ट्राफिक नियमको सुचनामुलुक बोर्ड

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०६, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँके फागुन ६ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले सवारी दुर्घटना न्युनिकरण तथा सडक सचेतनाका लागि सोमबार कोहलपुर देखि चिसापानी देवराली सम्म विभिन्न ठाँउहरुमा ७ वटा ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक बोर्डहरु राखेको छ।
यस्तै मंगलबार राप्ती सोनारी गाउँपालिकाको सहयोगमा ११ वटा ट्राफिक नियम सम्बन्धि जनचेतना मुलुक बोर्डहरु कोहलपुर देखि सम्सेरगन्ज अगैया कुसुम लगाएत विभिन्न ठाँउको सडक खण्डहरुमा राखिएको छ । तिब्र गतिमा चलाउने सवारी साधनहरुको गति कम गर्न बाटोहरुमा ट्राफिक नियमको बोर्डहरु बाँके ट्राफिकले तीब्र गतिमा राख्न थालेको छ । दिन प्रति दिन बढ्दै गईरहेको सवारी साधन दुर्घटना न्युनिकरण गर्ने उद्देश्यका साथ उक्त बोर्डहरु सोमबार र मंगलबार राखिएको हो ।
तिब्र गतिका कारण हुनसक्ने सवारी दुर्घटनालाई मध्यनगर गर्दै बढी दुर्घटना ग्रस्त क्षेत्रहरुको चयन गरी यस कार्यको थालनी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिनुभएको छ । बाँके जिल्ला ट्राफिक प्रमुख बमका अनुसार केही हदसम्म भएपनि सवारी दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
आगामी दिनहरुमा बाँके जिल्लाभर बढी दुर्घटना ग्रस्त क्षेत्रहरुको पहिचान गरी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम सम्बन्धि बोर्डहरु राख्ने योजना समेत रहेको बाँके ट्राफिक प्रमुख बमले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोली*ले बर्दियाको बढैयाताल गा.पा.-२ फुटाहा क्षेत्रबाट भन्सार छली गरि भारत लैजादै गरेको तरबुजको बीउ नियन्त्रणमा लिएको छ।   बाटोमा फेला परेको ११ बोरा तरबुजको बीउ ४० के.जी मुल्य: रु. ४,४०,०/ सामान छाडेर मानिस फरार खाली गोठ गोदामबाट बरामद १७ बोरा तरबुजको बीउ ६८० के.जी मुल्य: रु. […]

error: Content is protected !!