१६ कार्तिक २०८३, सोमबार
02-11-2026 , Mon
×

सरकारको नीतिअनुरुप काम गर्दै सशस्त्रले १ अर्ब बढीको अवैध सामग्री बरामद, तस्करी नियन्त्रणमा कारबाही तीव्रता,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक १६, २०८३

 

काठमाडौं । सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालले अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको छ।

बालेन्द्र शाह ‘बालेन’को नेतृत्वको सरकार बनेदेखि हालसम्म (२०८२ चैत १३ देखि २०८३ कार्तिक १२) सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ।

यस अवधिमा १७ नाल अवैध हातहतियार बरामद भएका छन् भने आठ जना पक्राउ परेका छन्। लागूऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन्। उनीहरूबाट ठूलो मात्रामा गाँजा, चरेस, अफिम, खैरो हेरोइन, ट्याब्लेट तथा इन्जेक्सनलगायत लागूऔषध बरामद गरिएको छ।

त्यस्तै, मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ११८ जना बालबालिका छन् भने यसमा संलग्न ९१ जना पक्राउ परेका छन्।

सीमा अतिक्रमण नियन्त्रणतर्फ दशगजाका ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाइएको छ। १७ स्थानको ७.४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको छ। त्यसैगरी, २०४ स्थानमा ९४.५८८ किलोमिटर क्षेत्र सरसफाइ गरिएको छ।

सीमावासीसँगको सम्बन्ध र जनचेतना अभिवृद्धिका लागि यस अवधिमा २ हजार ८०६ कार्यक्रम सञ्चालन गरिएको छ। साथै, १४१ सहायता कक्षबाट ३ लाख ४९ हजार ९०८ र १३ पर्यटक सहायता कक्षबाट १० हजार ६५४ जना लाभान्वित भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालले अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको छ। बालेन्द्र शाह ‘बालेन’को नेतृत्वको सरकार बनेदेखि हालसम्म (२०८२ चैत १३ देखि २०८३ कार्तिक १२) सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ […]

  नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने, रोजगारीका अवसर सिर्जना गर्ने र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यममध्ये रात्रिकालीन व्यवसाय पनि एक हो। विश्वका धेरै मुलुकले रात्रिकालीन अर्थतन्त्रलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकास गरिरहेका छन्। तर नेपालमा भने रात पर्नासाथ बजार, व्यापारिक केन्द्र र मनोरञ्जनका क्षेत्रहरू क्रमशः बन्द हुने अवस्था छ। यसले हाम्रो आर्थिक गतिविधिलाई निश्चित […]

  काठमाडौं । नेपाल प्रहरीका एआईजी डम्बर विक ज्यूले सुनाउनुभएको यो बाल्यकालको घटना सुन्दा जो कोहीको आँखा रसाउँछ। जाडोको महिना, गाउँको घर, अगेना नजिकैको माटोको भुइँ। एउटा सानो बच्चा न्यानो खोज्दै आमाको काखमा निदाएको छ। त्यो नै आमासँगको अन्तिम रात हुन्छ भन्ने उसलाई के थाहा। बिहान उठ्दा आमाको शरीर चिसो भइसकेको, आमाले सधैंका लागि छोडिसक्नुभएको। […]