बाँके । नेपालगन्ज जिल्ला बाँके,नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझा चोक स्थित नेपालगञ्ज-कोहलपुर सडक खण्डमा सडक दुर्घटना न्यूनीकरण गरी सुरक्षित सडक यात्रा प्रवर्द्धन गर्ने उद्देश्यले,
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको संयुक्त आयोजना तथा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्ज र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज, बाँकेको सहकार्यमा सार्वजनिक सवारी साधनका चालकहरूको लागूऔषध सेवन (ला.प.से.) परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो।
उक्त कार्यक्रममा २५ वटा सवारी साधनका चालक तथा सह-चालकहरूलाई ड्रग टेष्ट किट मार्फत प्राविधिकद्वारा परीक्षण गर्दा ११ जनामा लागू पदार्थ सेवन गरेको पोजेटिभ देखिएको छ।
पोजेटिभ देखिएका ११ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले जानकारी दिएको छ।