किसानको वास्तविक समस्या समाधान गरी कृषि उत्पादनमा वृद्धि गर्नका लागि किसानको मागअनुसार समयमै गुणस्तरीय मल, बीउ तथा कीटनाशक औषधिहरू सरल र सहज रूपमा सुलभ मूल्यमा उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो। त्यसो हुन सकेमा मात्र कृषि उत्पादनमा वृद्धि हुनुका साथै किसानको आर्थिक अवस्था सुधार र समग्र देशको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्न सक्छ।
यसै सन्दर्भमा, ‘घोराही बनाऔँ अभियान’ को तर्फबाट किसानका समस्या, उनीहरूले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य कृषि उपजको उचित मूल्य निर्धारणका लागि थालिएको पहल अत्यन्तै सराहनीय, सकारात्मक र स्वागतयोग्य छ। यस्तो रचनात्मक अभियानले किसानको हकहित संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु।
तरकारी तथा फलफूलसँगै किसानले मेहनत र पसिना बगाएर उत्पादन गर्ने धान, मकै, गहुँ, तोरी, दाल तथा अन्य खाद्यान्नको समेत उचित मूल्य निर्धारण हुनु आजको अत्यन्तै आवश्यक विषय हो।
दुःखको कुरा, किसानले दिनरात नभनी गरेको अथक मेहनतबाट उत्पादन भएको कृषि उपजको उचित मूल्य पाउन सकेका छैनन्। बिचौलियाहरूले बढी नाफा कमाउने अवस्था रहँदा वास्तविक मेहनत गर्ने किसान भने सधैँ मारमा परिरहेका छन्। यस्तो अवस्थामा सम्बन्धित निकायको पर्याप्त चासो, प्रभावकारी अनुगमन र ठोस नीतिगत पहल हुन जरुरी छ।
त्यसैले किसानले उत्पादन गरेको हरेक कृषि उपजको लागत, मेहनत र बजारको अवस्थालाई मध्यनजर गर्दै उचित मूल्य निर्धारण गर्ने व्यवस्था गरिनुपर्छ। किसानले आफ्नो उत्पादनको न्यायोचित मूल्य पाउने वातावरण निर्माण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
किसान समृद्ध भए मात्र कृषि समृद्ध हुन्छ, कृषि समृद्ध भए मात्र देश समृद्ध हुन्छ।
‘घोराही बनाऔँ अभियान’ बाट सुरु गरिएको यस सकारात्मक पहलमा हामी सबैको साथ, सहयोग र ऐक्यबद्धता रहनुपर्छ। किसानको हकहित र सम्मानका लागि उठ्ने हरेक जायज आवाजमा हाम्रो साथ र समर्थन सधैँ रहनेछ।
🙏 जय किसान! जय कृषि!! जय प्रकृति!!! 🌾🇳🇵
घोराही उपमहानगर मिडियामा बयालडाडा चौतारी क्लब