२१ कार्तिक २०८३, शनिबार
07-11-2026 , Sat
×

दुःखसँग संघर्ष गर्दै आत्मनिर्भरताको बाटोमा पौडेल परिवार, उपचार खर्च जुटाउन फेन्सी पसल सञ्चालन

Logo
Abc Sanchar प्रकाशित शनिबार, कार्तिक २१, २०८३

 

दाङ। जीवनमा आइपर्ने कठिनाइसँग हार नमानी परिवारको जिम्मेवारी पूरा गर्न र आत्मनिर्भर बन्ने उद्देश्यका साथ घोराहीका टंकप्रसाद पौडेल परिवारले फेन्सी पसल सञ्चालनमा ल्याएका छन्। परिवारका सदस्यहरूको नियमित औषधोपचार र घरायसी खर्च व्यवस्थापन गर्न पौडेल परिवारले घोराही–१४ गोलमण्डीस्थित नेपाल टेलिकम अगाडि ‘पौडेल फेन्सी पसल’ सुरु गरेको हो।

पौडेल परिवारको जीवनयात्रा सहज छैन। टंकप्रसाद पौडेलका तीन छोरीमध्ये माइली र कान्छी छोरी बौद्धिक अपाङ्गता भएका छन्। उनीहरूले नियमित औषधि सेवन गर्नुपर्ने अवस्था छ। त्यस्तै, टंकप्रसाद पौडेल र उनकी श्रीमतीले पनि नियमित औषधि सेवन गर्दै आउनुभएको छ। परिवारका चारै जनाको औषधोपचारमा मासिक करिब १० हजार रुपैयाँ खर्च हुने गरेको पौडेलले जानकारी दिनुभयो।

घोराही उपमहानगरपालिका–१८ बालुवाटारमा स्थायी बसोबास गर्दै आएको पौडेल परिवारका लागि घरखर्चसँगै नियमित उपचार खर्च जुटाउनु ठूलो चुनौती बनेको छ। यही चुनौतीलाई अवसरमा बदल्दै परिवारको जीविकोपार्जन र उपचार खर्च व्यवस्थापन गर्ने उद्देश्यले फेन्सी पसल सञ्चालनमा ल्याइएको पौडेलले बताउनुभयो।

पसल उद्घाटनको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनसहित विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। सो अवसरमा प्रियासनले पौडेल परिवारलाई नयाँ व्यवसायको सुरुवात गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

उहाँले कठिन परिस्थितिका बाबजुद परिवारको जिम्मेवारी निर्वाह गर्न र आफ्नै मेहनतबाट आयआर्जनको बाटो रोज्नु सकारात्मक र प्रेरणादायी कार्य भएको बताउनुभयो। पौडेल परिवारलाई व्यवसाय सञ्चालनमा आवश्यक पर्ने सहयोग आफ्नो तर्फबाट सकेसम्म गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो।

पसल उद्घाटन कार्यक्रममा पत्रकार गोविन्द खड्काको पनि विशेष उपस्थिति रहेको थियो।

परिवारका सदस्यहरूको स्वास्थ्य उपचार, दैनिक घरखर्च र जीवन निर्वाहका लागि पौडेल परिवारले सुरु गरेको यो सानो व्यवसाय उनीहरूका लागि आम्दानीको स्रोत मात्र नभई आत्मसम्मान र आत्मनिर्भरताको प्रयाससमेत बनेको छ।

अप्ठ्यारो परिस्थितिमा पनि हार नमानी श्रम र उद्यमलाई जीवनको आधार बनाउने पौडेल परिवारको प्रयासलाई स्थानीय समुदायले साथ र सहयोग गर्न सके उनीहरूको जीवनयापन सहज बनाउन महत्वपूर्ण योगदान पुग्नेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  मलाई लाग्छ, आफ्नो जन्मभूमि र कर्मभूमिको विकास र समृद्धि चाहनु प्रत्येक नागरिकको स्वाभाविक जिम्मेवारी हो। हामी जुन समाजमा बस्छौँ, जुन ठाउँको माटोमा हुर्किन्छौँ र जहाँ आफ्नो भविष्य खोजिरहेका हुन्छौँ, त्यो ठाउँ राम्रो, विकसित र समृद्ध बनोस् भन्ने चाहना सबैको हुन्छ। घोराही पनि त्यस्तै सम्भावना बोकेको सुन्दर सहर हो। यहाँ विकासका प्रशस्त आधार छन्, सम्भावनाहरू […]

  **घोराही, । दाङको घोराही उपमहानगरपालिका–१५ शाक्य गहनाको भित्री सडकमा महिलाहरूलाई लक्षित गरी ‘मन्जु वेयर’ सञ्चालनमा आएको छ। पसल सञ्चालक मन्जु र हिमालले नयाँ व्यवसायका रूपमा मन्जु वेयर शुभारम्भ गर्नुभएको हो। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले रिबन काटेर पसलको औपचारिक उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि […]

  दाङ। जीवनमा आइपर्ने कठिनाइसँग हार नमानी परिवारको जिम्मेवारी पूरा गर्न र आत्मनिर्भर बन्ने उद्देश्यका साथ घोराहीका टंकप्रसाद पौडेल परिवारले फेन्सी पसल सञ्चालनमा ल्याएका छन्। परिवारका सदस्यहरूको नियमित औषधोपचार र घरायसी खर्च व्यवस्थापन गर्न पौडेल परिवारले घोराही–१४ गोलमण्डीस्थित नेपाल टेलिकम अगाडि ‘पौडेल फेन्सी पसल’ सुरु गरेको हो। पौडेल परिवारको जीवनयात्रा सहज छैन। टंकप्रसाद पौडेलका तीन […]