१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

महिलालाई लाठी हान्ने इन्स्पेक्टरमाथि छानविन सुरु

Logo
प्रकाशित आइतबार, फाल्गुण १८, २०७६

(एबिसी संचार)
काठमाडौं फाल्गुन १८ एसपी सिंहको नेतृत्वमा छानविन समिति-महिलालाई लाठी हान्ने इन्स्पेक्टरमाथि छानविन सुरु 1
एसपी सिंहको नेतृत्वमा छानविन समिति-महिलालाई लाठी हान्ने इन्स्पेक्टरमाथि छानविन सुरु 2
१६ फागुन, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले आन्तरिक छानविन सुरु गरेको छ ।
नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घर घेर्ने टोलीमा सहभागी हेमा श्रेष्ठलाई लाठी हानेपछि इन्सपेक्टर पौडेलमाथि छानविन सुरु भएको हो ।
एसपी सिंहको नेतृत्वमा छानविन समिति-महिलालाई लाठी हान्ने इन्स्पेक्टरमाथि छानविन सुरु 3
प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि ललितपुर प्रहरी परिसरले छानविन सुरु गरेको स्रोतले बतायो । निर्देशनपछि ललितपुर प्रहरीले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ ।
समितिलाई घटनाबारे यर्थाथ विषय पत्ता लगाएर प्रतिवेदन बुझाउन म्याण्डेट दिइएको छ । प्रतिवेदनको रायको आधारमा पौडेलले कारबाही हुनसक्छ । स्रोतका अनुसार समितिले पौडेललाई प्रारम्भमा स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।
एसपी सिंहको नेतृत्वमा छानविन समिति-महिलालाई लाठी हान्ने इन्स्पेक्टरमाथि छानविन सुरु ४
समग्र प्रकरणको विषय एकातिर भए पनि महिलालाई नियन्त्रणमा लिने क्रममा पुरुष प्रहरीले बल प्रयोग गर्नु गलत भएको प्रहरी उच्च अधिकृतहरु बताउँछन् ।
एसपी सिंहको नेतृत्वमा छानविन समिति-महिलालाई लाठी हान्ने इन्स्पेक्टरमाथि छानविन सुरु 5
ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘हामीले छानविन सुरु गरिसकेका छौं, दोषी देखिए कारबाही हुन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  अर्घाखाँची । गाउँमै बसेर आफ्नो वडाको विकास योजना छान्ने यो अभ्यास एकदमै राम्रो हो। “जनताको सरकार,जनताको योजना भनेको यस्तै हो। तल्लो तहबाटै योजना टोल-टोलमा गएर किसान, आमा समूह, युवा, दलित सबैको राय लिन्छन्। सडक चाहिन्छ कि खानेपानी, कृषि मल डिपो चाहिन्छ कि स्वास्थ्यचौकी – जनता आफैले भन्छन्। पारदर्शिता वडामा कति बजेट आयो, त्यो कहाँ […]

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

कपिलवस्तु । कृष्णानगर-१, शिवानगरमा *श्री देवी विद्या पीठ मा.वि.का विद्यार्थीहरूले आज राजमार्ग बन्द गरेका छन्। स्कूलका विद्यार्थीहरु सडकमा ओर्लिने पछाडि सामान्यतया ३-४ वटा कारण हुन्छन्: शैक्षिक माग शिक्षक अभाव, पुराना भवन, प्रयोगशाला/कम्प्युटर ल्याब नहुनु, छात्रवृत्तिको समस्या राजमार्ग नजिकै स्कूल हुँदा जेब्रा क्रसिङ, स्पिड ब्रेकर, ट्राफिक प्रहरीको माग। बागबजारमा हामीले ट्राफिक सचेतनाको कुरा गर्यौं नि, विद्यार्थीको […]

error: Content is protected !!