०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

५ नम्बर प्रदेशमा अख्तियार दुरुपयोग गर्नेमा स्थानीयतह अग्रपङ्तीमा

Logo
प्रकाशित आइतबार, फाल्गुण १८, २०७६

बुटवल फागुन १८ पछिल्लो समय नेपालमा सबैभन्दा बढी भ्रष्टाचार स्थानीयतहमा हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले खुलासा गरेको छ । आयोगले भ्रष्टाचार नियन्त्रणकालागि अख्तियारले दिएको सुझाव स्थानीय तहले कार्यान्वयन नगरेको मात्र भनेको छैन स्थानीयतहका जनप्रतिनिधिहरुले कुनै न कुनैरुपमा अख्तियार दुरुपयोग गरेको समेत ठहर गरेको छ ।
अख्तियारले आज बुटवलमा सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गर्दै अनुसन्धानका क्रममा कुनैपनि राजनितीक प्रभाव र दबाबमा नपरि कसुर गर्ने कसैलाई पनि नछाड्ने प्रतिबद्धता समेत ब्यक्त गरेको छ । अन्तरक्रियामा बोल्दै आयोगको बुटवल ईकाईका प्रमुख डा. भिष्मकुमार भुषालले आफ्नै पुर्व आयुक्तहरुलाई समेत नछाडेको अख्तियारले कसैलाई नटाड्ने दृढता ब्यक्त गर्नुभयो । उहांले परेका मुद्दाहरु परिपक्क नभई सार्वजानीक गर्न नसकिने बताउंदै अख्तियारको अनुसन्धान प्रकृतिका कारण तत्काल सुचना दिन नसकिने स्पष्ट पार्नुभयो । प्रमुख भुषालले आगामी दिनमा सुचना र मिडीयाको हकमा सहज वाताबरण बनाईने बताउनु भयो ।
अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै आयोगको बुटवल इकाईका उपसचिव रमेश ढकालले अख्तियारको अनुसन्धानमा नागरिकले सुशासनको अनुभुति गर्न नसकेको पाईएको बताउनु भयो । ढकालले स्थानीय तहले अख्तियारले दिएको सुझाव कार्यान्वयन नगरेको बताउंदै आयोगमा परेको उजुरीमा पनि सबैभन्दा बढी स्थानीयतहकै रहेको जानकारी दिनु भयो ।
कार्यक्रममा सहभागिहरुले आयोग मिडीया मैत्री बन्न नसकेको, ठूलो भ्रष्टाचारमा अख्तियार सफल हुन नसकेको तथा आयोगको अनुसन्धान प्रभावकारी नभएको टिप्पणी गरेका थिए ।
अन्तरक्रियामा बितरित कार्यपत्रका अनुसार आयोगको बुटवल कार्यालय अन्तर्गत सबैभन्दा बढी स्थानीय तहमा भएको भ्रष्टाचारको उजुरी पर्ने गरेको छ । आर्थिक वर्ष ०७६।७७ मा अख्तियार बुटवल कार्यालयले १ हजार ९९ उजुरी मध्य ५८३ उजुरीको फस्र्यौट गरेको छ भने २२ वटा स्ट्रीङ अप्रेशन गरि १० लाख ६२ हजार ५५ रुपैयां असुल उपर गरेको छ । उजुरीमा कुल १०९९ उजुरी मध्य स्थानीयतहको मात्र ३९३ उजुरी अख्तियारको बुटवल कार्यालयमा दर्ता भएकाछन् । मुद्दाको प्रकृतिमा शिक्षामा ३०२, भुमिसुधारमा ११५बन तथा बातावरणमा ५६, गृहमा ३४ मुद्दा कार्यालयमा दर्ता रहेकाछन् । अख्तियारमा सबै भन्दा बढी रुपन्देहीमा र सबै भन्दा कम रुकुम पुर्वमा उजुरी आउने गरेको समेत आयोगले जनाएको छ । आर्थिक वर्षको माघ मसान्त सम्म रुपन्देहीमा ३५०, कपिलवस्तुमा २११, नवलपरासी पश्चिममा १५९, अर्घाखांचिमा ८९ मुद्दा अख्तियारमा परेकाछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]