२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

थरूहटको बन्दले दाङ बाँके बर्दिया कैलालीको जनजिवन प्रभावित

Logo
प्रकाशित मंगलबार, फाल्गुण २०, २०७६

(सागर थापा)
थरुहट थारुवान राष्ट्रिय मोर्चाले २० र २१ गते गरेको नेपाल बन्दको प्रभाव दाङ बाँके बर्दिया कैलाली कंचनपुर लगाएतमा थारू बाहुल्य क्षेत्र भएका कारण पनि बन्दको प्रभाव परेको हो । बन्दका कारण छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन देखि शैक्षिक संस्था, कलकारखाना, बजार सबै ठप्प रहेका छन् । भने विभिन्न प्रमुख बजारमा छिटफुट वाहेक कुनै पनि सवारीका साधान चल्न सकेका छैनन् ।
बिहान काठ्माण्डौबाट आएका बसलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यतर्फ पठाइएको पाँच नम्बर प्रदेश प्रहरी कार्यालयका निमित्त डिआइजी मोहन कुमार आचार्यले जानकारी दिएका छन् । जिल्लामा गन्तव्यतर्फ हिडेका यात्रु अलपत्र पर्ने अवस्था नआएको उनको भनाई छ ।
बन्दमा हुन सक्ने विभिन्न घटनालाई मध्यनजर गरी जिल्लामा सुरक्षाका लागि ठाँउ–ठाँउमा सुरक्षा परिचालन गरिएको पनिमित्त डिआइजी आचार्यले बताए । गन्तव्यमा हिडेको यात्रु अलपत्र पर्ने अवस्थामा आउन नदिन तयारी रहेको उनको भनाई छ ।
प्रहरीले स्कटीङ गरेर यात्रुलाई गन्तव्यमा पु¥याउने जनाएको छ । बन्दको प्रभाव सबैभन्दा बढी दाङ सहित बाँके, बर्दिया, कैलाली, कन्चनपुर लगायतका जिल्लामा परेको छ ।
मोर्चाको केन्द्रिय संयोजन समितिले विभिन्न १४ बुँदे माग राख्दै सरकारको ध्यानआकर्षण र आन्दोलनको समेत घोषणा गरेको हो । मोर्चाले टीकापुर घटना सँग जोडिएको बिषयलाई प्रमुख बनाईट विभिन्न अभियोगमा थरुहट आन्दोलनमा भएका मुद्धालाई राजनितिक घटनाको रुपमा लिन सरकार सँग माग गरेको छ ।
मोर्चाका महासचिब तुलसी थारुले जारी गरेको प्रेस बिज्ञप्तीमा आफुहरु निरन्तर आन्दोलनमा रहेको तर सरकारले सूनुवाई नगरेको भन्दै आन्दोलनलाई शसक्त बनाउने चेतावनी समेत दिएको छ । आमहड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुन पाउने बिज्ञप्तीमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!