२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

दाङ प्रहरीले १ लाख १६ हजार सहित ७ जना पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण २१, २०७६

दाङ प्रहरीले दाङमा जुवातास खेलिरहेको अवस्थामा ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।
शान्तिनगर गाउँपालिका-३ महादेब चौतारी बस्ने ४० वर्षीय सुक बहादुर बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढासहित ७ जनालाई नगद १ लाख १६ हजार ५ सय रुपैयाँ सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
बुढाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा दाङ प्रहरी थप आवश्यक अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]