२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पत्रकार गुप्ताले सम्मानित जिल्ला अदालतबाट सफाई सफाई

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २३, २०७६

एबिसी संचार
दाङ फागुन २२ दाङ देउखुरीस्थित एक सहकारी सस्थाको रकम हिनामिनाको आरोप खेप्दै आउनुभएका देउखुरी टुडेका प्रधान/सम्पादक पुरानो पत्रकार सन्तोष कुमार गुप्ताले सफाई पाउनुभएको छ । सम्मानित दाङ देउखुरी अदालतले बिहीबार पत्रकार गुप्तालाई सफाई दिएको हो ।
गुप्तालाई राप्ती गाउँपालिका २ मा रहेको प्रभात बचत तथा ऋण सहकारी सस्थाको रकम हिनामिना गरेको आरोप लागेको थियो । रकम हिनामिना गरेको आरोपमा पत्रकार गुप्तालाई २०७५ साल कार्तिक २३ गते ईलाका प्रहरी कार्यालय भालुबाङले पक्राउ गरेको थियो ।
अदालतका न्यायधीश हिमलाल बेल्बासेको इजलाशले गुप्तालाई सफाई दिने फैसला गरेको हो । गुप्तासंगै उक्त सहकारी सस्थाका ब्यबस्थापक रमिता चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । रकम हिनामिना गरेको आरोप लागेका रमिताका श्रीमान बसन्तकुमार चौधरी भने अहिले पनि फरार रहेका छन् ।
सहकारी सस्थाका अध्यक्ष टेकबहादुर कार्की, उपाध्यक्ष शिबहरी चौधरी र कोषाध्यक्ष रामप्रसाद चौधरीको निबेदनका आधारमा पहिलो पटक पत्रकार गुप्तालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसको केही दिनपछि सहकारीका ब्यबस्थापन रमिता चौधरीलाई पक्राउ गरेको थियो ।
गुप्तालाई सफाई दिएको अदालतले एक महिनाभित्र ब्यबस्थापन चौधरीलाई कैद जरिवानाको सुनवाई गर्ने अदालतका तहसिदार प्रेमनारायण पराजुलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]