०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

पत्रकार गुप्ताले सम्मानित जिल्ला अदालतबाट सफाई सफाई

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २३, २०७६

एबिसी संचार
दाङ फागुन २२ दाङ देउखुरीस्थित एक सहकारी सस्थाको रकम हिनामिनाको आरोप खेप्दै आउनुभएका देउखुरी टुडेका प्रधान/सम्पादक पुरानो पत्रकार सन्तोष कुमार गुप्ताले सफाई पाउनुभएको छ । सम्मानित दाङ देउखुरी अदालतले बिहीबार पत्रकार गुप्तालाई सफाई दिएको हो ।
गुप्तालाई राप्ती गाउँपालिका २ मा रहेको प्रभात बचत तथा ऋण सहकारी सस्थाको रकम हिनामिना गरेको आरोप लागेको थियो । रकम हिनामिना गरेको आरोपमा पत्रकार गुप्तालाई २०७५ साल कार्तिक २३ गते ईलाका प्रहरी कार्यालय भालुबाङले पक्राउ गरेको थियो ।
अदालतका न्यायधीश हिमलाल बेल्बासेको इजलाशले गुप्तालाई सफाई दिने फैसला गरेको हो । गुप्तासंगै उक्त सहकारी सस्थाका ब्यबस्थापक रमिता चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । रकम हिनामिना गरेको आरोप लागेका रमिताका श्रीमान बसन्तकुमार चौधरी भने अहिले पनि फरार रहेका छन् ।
सहकारी सस्थाका अध्यक्ष टेकबहादुर कार्की, उपाध्यक्ष शिबहरी चौधरी र कोषाध्यक्ष रामप्रसाद चौधरीको निबेदनका आधारमा पहिलो पटक पत्रकार गुप्तालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसको केही दिनपछि सहकारीका ब्यबस्थापन रमिता चौधरीलाई पक्राउ गरेको थियो ।
गुप्तालाई सफाई दिएको अदालतले एक महिनाभित्र ब्यबस्थापन चौधरीलाई कैद जरिवानाको सुनवाई गर्ने अदालतका तहसिदार प्रेमनारायण पराजुलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं – बडा दसैं २०८३ को पावन अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई दशैंको टीका र जमरा प्रदान गर्नुभएको छ। प्रहरी प्रधान कार्यालयस्थित निवासमा आयोजित कार्यक्रममा उहाँले प्रहरी कर्मचारी तथा परिवारजनलाई टीका, जमरा लगाइदिँदै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो।

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।