१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

दाङका ३ सीमा नाकामा सशस्त्र प्रहरीको सुरक्षा बल नाकावासी खुशी

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २३, २०७६

दाङ जिल्लाका तीनवटा नाका क्षेत्रमा सीमा सुरक्षा सशस्त्र बल स्थापना हुने भएका छन् । नाका क्षेत्रमा सीमा सुरक्षा सशस्त्र बल स्थापना हुने भएपछि लामो समयदेखि भारतीय एसएसबीको एकतर्फी ज्यादति भोगिरहेका नाकावासीहरु खुशी भएका छन् । जिल्लाको देउखुरीस्थित राजपुर गाउँपालिका– ६ खङ्ग्रानाकामा सीमा सुरक्षा सशस्त्र बल स्थापना हुने भएको हो । यही फागुन २५ गते सीमा सुरक्षा सशस्त्र बलको खङ्ग्रानाकामा शुभारम्भ हुने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । केही दिनअघि दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराई, सशस्त्र प्रहरी प्रमुख, राजपुर गाउँपालिकाका प्रमुख, सम्बन्धित वडाका वडाध्यक्षहरु लगायतको टोलीले क्याम्प स्थापना हुने नाका क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । नेपालको सीमा मिचिदै जान थालेपछि उक्त नाका क्षेत्रहरुमा बिओपी (बोर्डर आउट पोस्ट) स्थापना गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार दाङ देउखुरीका कोइलाबास र सुनपथ्री नाका क्षेत्रमा सीमा सुरक्षा सशस्त्र बल क्याम्प पहिले नै स्थापना भइसकेका छन् । यस बर्षमा १० वटा नाकामा सीमा सुरक्षा सशस्त्र बल क्याम्प स्थापना गर्न लागिएको हो । जसमध्य पहिलो चरणमा राजपुर गाउँपालिका–६ खङ्ग्रानाकामा यही फागुन २५ गते क्याम्प स्थापना हुने उहाँको भनाइ छ । त्यसैगरी अब छिट्टै गढवा र राजपुर गाउँपालिकामा नेपाल–भारत सीमा क्षेत्रमा पर्ने भौवानाका, भैसाहीनाका, डगमारानाका, पटौलीनाका, सिरियानाका, मुसिनाका, भौरीसालनाका, गुरुङनाका र भाङ्ग्रोलनाकामा सीमा सुरक्षा क्याम्प राखिने प्रमुख अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खङ्ग्रानाकामा नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट रहेको छ तर, त्यहाँका स्थानीयले सुरक्षाको गतिलो अनुभूति गर्न नसकेको बेला गुनासोहरु आउने गरेको छ ।’ सशस्त्रको टोली पुग्यो खङ्ग्रानाका नेपालको भूमि सुरक्षार्थ नेपाल सरकारले नेपाल र भारतका विभिन्न सीमा नाकामा सशस्त्र प्रहरीको पोस्ट स्थापना गर्दै आएको छ । जसअन्र्तगत शुक्रवार प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली खङ्ग्रानाका प्रस्थान गरेको छ । ‘बस्नका लागि भौतिक संरचना बनिसकेको छैन तर, सशस्त्रको टोली खङ्ग्रानाकामा पुगिसकेको छ । विस्तारै बस्ने संरचनाहरु बनाउँछौं’, २९ नम्बर गण हेडक्वाटर ज्वालामाई गण भालुवाङका सशस्त्र प्रहरी उपरीक्षक नारायण श्रेष्ठले भन्नुभयो । भारतले भने आफ्नो प्रत्येक नाकामा एसएसबीको क्याम्प राखेको छ । ‘नाका क्षेत्रमा भौतिक पूर्वाधारको समस्या छ तर, सुरक्षाकर्मी बस्न थालेपछि सबै समस्याको विस्तारै समाधान हुँदै जान्छ’, प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो । नाका क्षेत्रमा थप सीमा सुरक्षा सशस्त्र बल स्थापना हुने भएपछि नाकावासीहरुले खुशी व्यक्त गरेका छन् । अब नाका क्षेत्रमा भारतीय एसएसबिको ज्यादति सहनुपर्ने बाध्यताको अन्त्य हुन लागेको राजपुर गाउँपालिका वडा नम्बर ६ खङ्ग्रानाका निवासी यमबहादुर थापाले भन्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । इलाका प्रहरी कार्यालय दमकमा भर्खरै सरुवा भई आउनुभएका डिएसपी हरी बहादुर बस्नेतले अहिलको मोर्डन जमनामा श्रीमान श्रीमती मात्र होटलमा बस्नु पर्छ भन्ने छैन, कानुनी प्रावधान पुरा गरेको मन मिल्ने जोकोहीले कोठा लिएर बस्न पाउने बताउनु भएको छ । होटलमा सिसी क्यामेरा राख्न र आएका आगन्तुकहरुको यर्थात विवरण इन्ट्रि बुकमा राख्न डिएसपी बस्नेतले होटल […]

नेपालगन्ज । घोराहीका सडक, चोक, सार्वजनिक कार्यक्रम र सामाजिक अभियानहरूमा पछिल्लो समय एउटा नाम बारम्बार सुनिन थालेको छ— सविन प्रियासन। कहिले युवासँगै हातमा झाडु बोकेर सरसफाइ अभियानमा देखिने, कहिले विपन्न विद्यार्थीका लागि सहयोग जुटाउँदै हिँड्ने, त कहिले शहर विकासका विषयमा खुला बहस गरिरहेको उनको सक्रियताले अहिले घोराहीको राजनीतिक वृत्तमै चर्चा पाउन थालेको छ। जब उनले […]

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

error: Content is protected !!