२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

राप्ती गाउँपालिका भित्र कुनै पनि सभा समारोह मेला महोत्सव सञ्चालन नगर्न अनुरोध

Logo
प्रकाशित आइतबार, फाल्गुण २५, २०७६

बिदुर एमसी
भालुवाङ फागुन २५ विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल सरकारको निर्देशन बमोजिम राप्ती गाउँपालिकाले गाउँपालिका भित्र कुनै पनि सभा,समारोह,भेला ,मेला महोत्सव सञ्चालन नगर्न सवैमा आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षता बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।
साथै बैठकले यहि फागुन २५ गते परेको नारी दिवस कार्यक्रम पनि स्थगित गरेको छ भने होली पर्वमा सामुहिक रंग दल्ने,पानी छ्याप्ने जस्ता कार्य नगर्न पनि आग्रह गरेको छ भने कक्षा १देखि ९ सम्मको परिक्षा फागुन २८ देखि चैत्र ५ गते भित्र सम्पन्न गर्न निजी तथा सामुदायिक विद्यालयहरूलाई आग्रह गरिएको राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चाैधरीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]