०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

राप्ती गाउँपालिका भित्र कुनै पनि सभा समारोह मेला महोत्सव सञ्चालन नगर्न अनुरोध

Logo
प्रकाशित आइतबार, फाल्गुण २५, २०७६

बिदुर एमसी
भालुवाङ फागुन २५ विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल सरकारको निर्देशन बमोजिम राप्ती गाउँपालिकाले गाउँपालिका भित्र कुनै पनि सभा,समारोह,भेला ,मेला महोत्सव सञ्चालन नगर्न सवैमा आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षता बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।
साथै बैठकले यहि फागुन २५ गते परेको नारी दिवस कार्यक्रम पनि स्थगित गरेको छ भने होली पर्वमा सामुहिक रंग दल्ने,पानी छ्याप्ने जस्ता कार्य नगर्न पनि आग्रह गरेको छ भने कक्षा १देखि ९ सम्मको परिक्षा फागुन २८ देखि चैत्र ५ गते भित्र सम्पन्न गर्न निजी तथा सामुदायिक विद्यालयहरूलाई आग्रह गरिएको राप्ती गाउँपालिकाका प्रवक्ता विद्याशरण चाैधरीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो । श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो। चार महिनापछि […]

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला […]

error: Content is protected !!