०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

कतारबाट आएका तीन जनाको पहिचान क्वारेन्टाइनमा राखियो

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

फ्रान्सबाट कतारको दोहा हुँदै आएको जहाजमा यात्रा गरेका बाँकेका तीन जनालाई प्रहरीले पहिचान गरी क्वारेन्टाइनमा राखेको छ ।
उनीहरुलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएको बाँके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक शिव बहादुर सिंहले बताउनुभयो ।
४ गते आएको जहाजमा रहेकी १९ वर्षीया एक युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उक्त जहाजमा यात्रा गरेका बाँकेका चार जनाको पनि खोजी गर्न पत्र आएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।
त्यस उडानबाट आएका चार जना मध्ये एक जना भने बर्दियाका हुन सक्ने प्रबक्ता सिंहले बताउनुभयो । उहाँले केन्द्रबाट आएको नाम र नागरिकता नम्बर भिडाउँदा जिल्ला प्रशासन कार्यालय बाँकेमा नाम फेला नपरेपछि बर्दियाको हुन सक्ने आंकलन गरेर खोजी भइरहेको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो । श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो। चार महिनापछि […]

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला […]

error: Content is protected !!