३० चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

सशस्त्र प्रहरी बलद्वारा सालको काठसहित एकजना पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र १६, २०७६

सागर थापा
पर्साको पर्सागढी नगरपालिका ३ बडनियार ईलाकाबाट शनिबार एपीएफ टोलीले करीव ७८ हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको पर्सागढी नगरपालिका ८ हरपुर बस्ने ३५ वर्षिय रामायण साह छन् । सोही ठाउँमा रहेको जंगलबाट अवैध रुपले कटान गरी ल्याउँदै गरेको उक्त सालको गोलिया काठसहित निज साहलाई सशस्त्र प्रहरी बल नेपाल सरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई एपीएफ टोलीले बरामद सालको गोलिया काठसहित आवश्यक कारवाहीकोलागि सव डिभिजन वन कार्यालय सवैयामा बुझाएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । प्रहरीले तौलिहवा बजारमा स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा शिवा पटवा भन्ने आशिष कुमार रहेको बताइएको छ। उनलाई शिवराज नगरपालिका-५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्दै गर्दा पक्राउ गरिएको हो । प्रहरीले बरामद गरेको रकमको स्रोत खुलेको छैन। प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा चैत्र ३० गते सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ समापन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ खेलकुद प्रतियोगिता चैत्र २४ गतेदेखि सुरु भएको थियो, जसमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न बाहिनी मुख्यालयका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा फुटबल,भलिबल, एथ्लेटिक्स र कबड्डी गरी खेलहरु समावेश गरिएको थियो। विभिन्न […]

डोल्पा । जिल्लाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको क्रिस एन्ड क्रस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको […]

error: Content is protected !!