२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरीमा ९ एसएसपीको दरबन्दी कटौतीको तयारी

Logo
प्रकाशित शुक्रबार, चैत्र २८, २०७६

(एबिसी क्राइम ब्युरो)
काठमाडौं नेपाल प्रहरीमा ठूलो संख्यामा डीआईजी (प्रहरी नायब महानिरीक्षक) को दरबन्दी कटौती गरेको सरकारले ९ एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) को समेत दरबन्दी कटौतीको तयारी थालेको छ ।
गत सोमबारको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीको जनपद समुहतर्फ रहेको २६ डीआईजीको दरबन्दीलाई कटौती गरेर १४ मा झारेको थियो । गृहमन्त्रालयले डीआईजीको दरबन्दी १९ राख्नुपर्ने प्रस्ताव गरेको भएतापनि मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले डीआईजीको दरबन्दीमा भारी कटौती गर्नुपर्ने अडान लिएका थिए । प्रधानमन्त्री ओलीको सोही अडानका कारण प्रहरीमा डीआईजीको दरबन्दी १४ कायम गरिएको थियो ।
सोमबारको मन्त्रीपरिषदको निर्णय अनुसार अब सातवटा प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रिय अनुसन्धान ब्यूरो (CIB), विशेष ब्यूरो नक्साल, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (प्रहरी महाशाखा) टङ्गाल, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा एक/एक गरि जम्मा १४ डीआईजी (प्रहरी नायब महानिरीक्षक) कार्यरत रहनेछन् ।
मन्त्रीपरिषदको निर्णयको पत्र बिहिवार बिहान गृहमन्त्रालय पुगेपनी यो समाचार तयार पार्दासम्म डीआईजी बढुवाको लागि बढुवा समितिको बैठक बस्न सकेको छैन। ‘सम्भवत आज (शुक्रबार) वा भोलि (शनिबार) भित्रमा डीआईजी बढुवाको सिफारिस हुन्छ ।’ गृहमन्त्रालयका एक उच्च अधिकारीले भने । ‘तुरुन्तै पदपूर्ति गर्न प्रधानमन्त्रीज्युबाट निर्देशन आइसकेको छ ।’
ती अधिकारीका अनुसार डीआईजी बढुवाको सिफारिसपछि सरकारले ९ एसएसपीको दरबन्दी कटौती गर्ने तयारी गरेको छ । ‘तत्कालै एसएसपीको रिक्त पदमा बढुवा सिफारिस भयो भने त भन्न नसकिएला तर ढिलो भयो भने दरबन्दी कटौती हुन्छ।’ उनले भने ।
उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र सातवटा प्रदेश प्रहरी तालिमकेन्द्रको कमाण्डमा एसपीलाई खटाउने गरि मन्त्रीपरिषदमा ९ एसएसपीको दरबन्दी कटौतीको प्रस्ताव ल्याउन गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिब महेश्वर न्यौपानेलाई गत सोमबार नै निर्देशन दिएका छन् । प्रधानमन्त्रीको उक्त निर्देशन कार्यान्वयनमा गए काठमाडौं र ललितपुरको प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) रहनेछन् ।
हाल एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) ले कमाण्ड गरिरहेको काठमाडौं र ललितपुर परिसरका अलावा प्रदेश प्रहरी तालिमकेन्द्र बिराटनगर, जनकपुर, दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगन्ज) र दिपायलको समादेशकमा एसपी (प्रहरी उपरीक्षक) रहनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]