२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

नेपाल प्रहरीमा ९ एसएसपीको दरबन्दी कटौतीको तयारी

Logo
प्रकाशित शुक्रबार, चैत्र २८, २०७६

(एबिसी क्राइम ब्युरो)
काठमाडौं नेपाल प्रहरीमा ठूलो संख्यामा डीआईजी (प्रहरी नायब महानिरीक्षक) को दरबन्दी कटौती गरेको सरकारले ९ एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) को समेत दरबन्दी कटौतीको तयारी थालेको छ ।
गत सोमबारको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीको जनपद समुहतर्फ रहेको २६ डीआईजीको दरबन्दीलाई कटौती गरेर १४ मा झारेको थियो । गृहमन्त्रालयले डीआईजीको दरबन्दी १९ राख्नुपर्ने प्रस्ताव गरेको भएतापनि मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले डीआईजीको दरबन्दीमा भारी कटौती गर्नुपर्ने अडान लिएका थिए । प्रधानमन्त्री ओलीको सोही अडानका कारण प्रहरीमा डीआईजीको दरबन्दी १४ कायम गरिएको थियो ।
सोमबारको मन्त्रीपरिषदको निर्णय अनुसार अब सातवटा प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रिय अनुसन्धान ब्यूरो (CIB), विशेष ब्यूरो नक्साल, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (प्रहरी महाशाखा) टङ्गाल, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा एक/एक गरि जम्मा १४ डीआईजी (प्रहरी नायब महानिरीक्षक) कार्यरत रहनेछन् ।
मन्त्रीपरिषदको निर्णयको पत्र बिहिवार बिहान गृहमन्त्रालय पुगेपनी यो समाचार तयार पार्दासम्म डीआईजी बढुवाको लागि बढुवा समितिको बैठक बस्न सकेको छैन। ‘सम्भवत आज (शुक्रबार) वा भोलि (शनिबार) भित्रमा डीआईजी बढुवाको सिफारिस हुन्छ ।’ गृहमन्त्रालयका एक उच्च अधिकारीले भने । ‘तुरुन्तै पदपूर्ति गर्न प्रधानमन्त्रीज्युबाट निर्देशन आइसकेको छ ।’
ती अधिकारीका अनुसार डीआईजी बढुवाको सिफारिसपछि सरकारले ९ एसएसपीको दरबन्दी कटौती गर्ने तयारी गरेको छ । ‘तत्कालै एसएसपीको रिक्त पदमा बढुवा सिफारिस भयो भने त भन्न नसकिएला तर ढिलो भयो भने दरबन्दी कटौती हुन्छ।’ उनले भने ।
उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र सातवटा प्रदेश प्रहरी तालिमकेन्द्रको कमाण्डमा एसपीलाई खटाउने गरि मन्त्रीपरिषदमा ९ एसएसपीको दरबन्दी कटौतीको प्रस्ताव ल्याउन गृहमन्त्री रामबहादुर थापा बादल र गृहसचिब महेश्वर न्यौपानेलाई गत सोमबार नै निर्देशन दिएका छन् । प्रधानमन्त्रीको उक्त निर्देशन कार्यान्वयनमा गए काठमाडौं र ललितपुरको प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) रहनेछन् ।
हाल एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) ले कमाण्ड गरिरहेको काठमाडौं र ललितपुर परिसरका अलावा प्रदेश प्रहरी तालिमकेन्द्र बिराटनगर, जनकपुर, दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगन्ज) र दिपायलको समादेशकमा एसपी (प्रहरी उपरीक्षक) रहनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]