२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

दाङ मानव अधिकार अनुगमन समिति गठन समितिको संयोजकमा प्रियासन

Logo
प्रकाशित बुधबार, बैशाख १०, २०७७

दाङ बैशाख ९ कोरोना भाइरस (कोभिड–१९) को सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाल पत्रकार महासंघ, नेपाल बार एशोशियशन, गैसस महासंघ बीच केन्द्र, प्रदेश र जिल्लामा समिति गठन गरी विद्यमान अवस्थाको अध्ययन, अनुगमन गर्नका लागि समिति गठन गर्ने निर्णय भए अनुसार दाङमा मानव अधिकार अनुगमन समिति दाङ गठन गरिएको छ ।
समिति गठन कार्यबिधिमा नेपाल पत्रकार महासंघ, नेपाल बार एशोशियशन जिल्ला बार इकाई र गैसस महासंघ पदेन सदस्य हुने, पदेन सदस्यमा एकजना संयोजक हुने र पदेन सदस्यहरुले दुईजनालाई राष्ट्रिय मावन अधिकार आयोगको परामर्शमा मनोति गर्ने प्राव्धान छ । जस अन्तगर्त पदेन सदस्य संस्थाहरुको पहिलो बैठकले मानव अधिकार अनुगमन समिति दाङको संयोजकमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलाई चयन गरेको छ ।
यसैगरी समितिको सदस्यमा जिल्ला बारका अध्यक्ष शिबप्रसाद सुवेदी र गैसस महासंघ दाङको तर्फबाट निवर्तमान अध्यक्ष तथा सल्लाहकार साजिदा सिद्दीकी चयन हुनु भएको छ । यस्तै पदेन सदस्यहरुको बेठकले नागरिक समाज दाङको संयोजक चन्द्रराज पन्त र महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्यलाई सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।
वैठकमा कोभिड–१९ पछि दाङ जिल्लामा मावन अधिकारको अवस्थाको विषयमा व्यापक छलफल गरिएको थियो । समितिले अबको केही दिनभित्रै दाङका सबै गाउँपालिकाहरुमा पछिल्ला दिनहरुमा मानव अधिकारको अवस्थाको विषयमा बुझ्न प्रत्यक्ष निगरानी बढाउने, स्थलरुपमा सबै ठाउँमा पुगेर अवस्थाको बारेमा अनुगमन गर्ने कार्ययोजना बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!