२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मुख्यमन्त्री पोख्रेलले दाङमा १० बेडको आईसीयू उद्घाटन

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

(एबिसी संचार)
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नवजात शिशु सघन कक्ष तथा बाल सघन कक्ष र १० बेडको आईसीयूको उद्घाटन गरिएको छ । आज प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको हो ।
कोरोना संक्रमित भए नभएको स्वाब जाँच गर्दै आएको प्रतिष्ठानमा अनुगमनका लागि पुग्नुभएका मुख्य मन्त्री पोख्रेलले नवजात शिशु सघन कक्ष तथा बाल सघन कक्ष र १० बेडको आईसीयूको उद्घाटन गर्नुभएको हो । उहाँले नागरिकको स्वास्थ्य सुरक्षामा विश्वास जित्ने गरी सेवामा गुणस्तरीयता ल्याउन सुझाब दिनुभएको छ ।
प्रतिष्ठान सबैको एक साझा अस्पताल तथा एकेडेमीक संस्था भएकोले सेवा, शिक्षा तथा अनुसन्धान कार्यलाई सफल पार्न सबैले प्रतिष्ठानलाई आवश्यक सहयोग गर्नुपर्ने समेत बताउनुभयो ।
आजै मुख्य मन्त्री पोख्रेलले कोरोना अस्पताल बेलझुण्डीको अवलोकन समेत गर्नुभएको छ । अस्पताललाई नमूना अस्पताल बनाउने र विरामीको उपचारमा कुनै कमी नहुने गरी लाग्न सबैलाई सुझाब दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]