२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिकास प्रेमी सिडियो बाँकेको कार्यभार सम्हालेको दोस्रो दिनमै नरैनापुरमा

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

(महेन्द्र सिंह)
बाँके नरैनापुर कोरोनाको ‘हटस्पट’ बाँकेको नरैनापुर क्षेत्रको आज अनुगमन गरिएको छ । १ सय १४ जना संक्रमित र एक जनाको मृत्यु समेत भइसकेको नरैनापुरमा आज प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरम्बाङ पुगेर त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको छ ।
त्यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद् कृष्णा केसी नमुना, विभिन्न सुरक्षा निकायका प्रमुखहरुसहित कार्यभार सम्हालेको दोस्रो दिनमै त्यहाँ पुग्नुभएका कुरुम्बाङले क्वारेन्टाइन, आइसोलेसन केन्द्र बनाउन गृहकार्य भइरहेको लक्ष्मणपुर स्वास्थ्य केन्द्रसंगै सीमा क्षेत्रको पनि अनुगमन गर्नुभएको छ ।
गंगापुरस्थित सेनाको फरवार्ड वेशका सेनानी सुरेश कुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरिक्षक मान बहादुर विसी र बोर्डर आउट पोष्ट (विओपी) कट्कुइँयाका प्रहरी निरिक्षक गणेश भण्डारीले त्यहाँको सुरक्षा अवस्था, सीमाको निगरानी, निषेधित क्षेत्र घोषणापछिको प्रभावकारिता, क्वारेन्टाइन, क्वारेन्टाइनमा बसेकाहरुको संख्या र संक्रमितहरुका बारेमा विफ्रिङ गर्नुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गाउँपालिकाले आफ्नो स्रोत, साधन र जनशक्तिले भ्याएसंग व्यवस्थापन गरिरहेको जानकारी गराउँदै तत्काल विजुली र चिकित्सक उपलब्ध हुन सके क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन निर्माण र सञ्चालन गर्न सहज हुने बताउनुभयो । लक्ष्मणपुर स्वास्थ्य केन्द्रको अवलोकन गरिरहँदा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ समक्ष अध्यक्ष शाहले कोरोनासंग जुझिरहेको नरैनापुरको अवस्था सुधार्न सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभएको थियो ।
प्रदेश सांसद् नमुनाले कम्तिमा प्राथमिक स्वास्थ्य केन्द्र रहेको लक्ष्मणपुरसम्म तत्काल विद्युत पुर्याउन आफू लागिपरेको जानकारी गराउँदै निरन्तरको प्रयासपछि काम शुरु भएको बताउनुभयो । त्यसक्रममा आजदेखि विद्युत विस्तारको काम थालिएको ‘साइट’ को पनि निरिक्षण गरिएको थियो । विद्युत विस्तारको काम गरिरहेको निर्माण कम्पनीका त्रिलोक धितालले अबको १५ दिनभित्र विद्युतीकरणको सबै काम सकिने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले काम गर्ने क्रममा केही अप्ठेरो र बाधा व्यवधान भए तत्काल जानकारी गराए आफूहरुले सहजीकरण गर्ने बताउनुभयो । अनुगमन पश्चात् प्रतिक्रिया दिँदै प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले नरैनापुरको अवस्था नियन्त्रणमै रहेको बताउनुभयो । उहाँले निषेधित क्षेत्रको पालना भइरहेको, पछिल्लो समय संक्रमितहरु नथपिएको र क्वारेन्टाइनमा बस्नेहरु पनि घट्दै गएको बताउनुभयो । जिल्ला प्रशासनले ‘रेड जोन’ घोषणा गरेर निषेधित क्षेत्र लागू गरेको नरैनापुरमा विस्तारै सुधार देखिँदै गएको उहाँको भनाई थियो ।
कोरोना संक्रमणपछि पहिलोपटक प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुखसहित नरैनापुर पुगेपछि हौसला र आत्मविश्वास बढेको गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो । त्यस क्रममा प्रमुख जिल्ला अधिकारीले राप्तीसोनारीको वडा नम्बर ७ स्थित नेरा माविमा रहेको क्वारेन्टाइनका बारेमा पनि वडा अध्यक्ष रामलखन थारुसंग जानकारी लिनुभएको थियो ।
अनुगमनमा भैरव प्रसाद गण राँझाका गणपति प्रमुख सेनानी नकुल थापा, बाँके प्रहरी प्रमुख एसपी बिर बहादुर ओली, सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीका सशस्त्र प्रहरी प्रमुख एसपी दिपक अधिकारी लगायतको सहभागी रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]