१६ बैशाख २०८२, मंगलबार
29-04-2025 , Tue
×

बिकास प्रेमी सिडियो बाँकेको कार्यभार सम्हालेको दोस्रो दिनमै नरैनापुरमा

Logo
प्रकाशित शुक्रबार, जेठ १६, २०७७

(महेन्द्र सिंह)
बाँके नरैनापुर कोरोनाको ‘हटस्पट’ बाँकेको नरैनापुर क्षेत्रको आज अनुगमन गरिएको छ । १ सय १४ जना संक्रमित र एक जनाको मृत्यु समेत भइसकेको नरैनापुरमा आज प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरम्बाङ पुगेर त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको छ ।
त्यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद् कृष्णा केसी नमुना, विभिन्न सुरक्षा निकायका प्रमुखहरुसहित कार्यभार सम्हालेको दोस्रो दिनमै त्यहाँ पुग्नुभएका कुरुम्बाङले क्वारेन्टाइन, आइसोलेसन केन्द्र बनाउन गृहकार्य भइरहेको लक्ष्मणपुर स्वास्थ्य केन्द्रसंगै सीमा क्षेत्रको पनि अनुगमन गर्नुभएको छ ।
गंगापुरस्थित सेनाको फरवार्ड वेशका सेनानी सुरेश कुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरिक्षक मान बहादुर विसी र बोर्डर आउट पोष्ट (विओपी) कट्कुइँयाका प्रहरी निरिक्षक गणेश भण्डारीले त्यहाँको सुरक्षा अवस्था, सीमाको निगरानी, निषेधित क्षेत्र घोषणापछिको प्रभावकारिता, क्वारेन्टाइन, क्वारेन्टाइनमा बसेकाहरुको संख्या र संक्रमितहरुका बारेमा विफ्रिङ गर्नुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गाउँपालिकाले आफ्नो स्रोत, साधन र जनशक्तिले भ्याएसंग व्यवस्थापन गरिरहेको जानकारी गराउँदै तत्काल विजुली र चिकित्सक उपलब्ध हुन सके क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन निर्माण र सञ्चालन गर्न सहज हुने बताउनुभयो । लक्ष्मणपुर स्वास्थ्य केन्द्रको अवलोकन गरिरहँदा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ समक्ष अध्यक्ष शाहले कोरोनासंग जुझिरहेको नरैनापुरको अवस्था सुधार्न सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभएको थियो ।
प्रदेश सांसद् नमुनाले कम्तिमा प्राथमिक स्वास्थ्य केन्द्र रहेको लक्ष्मणपुरसम्म तत्काल विद्युत पुर्याउन आफू लागिपरेको जानकारी गराउँदै निरन्तरको प्रयासपछि काम शुरु भएको बताउनुभयो । त्यसक्रममा आजदेखि विद्युत विस्तारको काम थालिएको ‘साइट’ को पनि निरिक्षण गरिएको थियो । विद्युत विस्तारको काम गरिरहेको निर्माण कम्पनीका त्रिलोक धितालले अबको १५ दिनभित्र विद्युतीकरणको सबै काम सकिने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले काम गर्ने क्रममा केही अप्ठेरो र बाधा व्यवधान भए तत्काल जानकारी गराए आफूहरुले सहजीकरण गर्ने बताउनुभयो । अनुगमन पश्चात् प्रतिक्रिया दिँदै प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले नरैनापुरको अवस्था नियन्त्रणमै रहेको बताउनुभयो । उहाँले निषेधित क्षेत्रको पालना भइरहेको, पछिल्लो समय संक्रमितहरु नथपिएको र क्वारेन्टाइनमा बस्नेहरु पनि घट्दै गएको बताउनुभयो । जिल्ला प्रशासनले ‘रेड जोन’ घोषणा गरेर निषेधित क्षेत्र लागू गरेको नरैनापुरमा विस्तारै सुधार देखिँदै गएको उहाँको भनाई थियो ।
कोरोना संक्रमणपछि पहिलोपटक प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुखसहित नरैनापुर पुगेपछि हौसला र आत्मविश्वास बढेको गाउँपालिकाका अध्यक्ष शाहले बताउनुभयो । त्यस क्रममा प्रमुख जिल्ला अधिकारीले राप्तीसोनारीको वडा नम्बर ७ स्थित नेरा माविमा रहेको क्वारेन्टाइनका बारेमा पनि वडा अध्यक्ष रामलखन थारुसंग जानकारी लिनुभएको थियो ।
अनुगमनमा भैरव प्रसाद गण राँझाका गणपति प्रमुख सेनानी नकुल थापा, बाँके प्रहरी प्रमुख एसपी बिर बहादुर ओली, सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरीका सशस्त्र प्रहरी प्रमुख एसपी दिपक अधिकारी लगायतको सहभागी रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले कांग्रेसका महामन्त्री गगनकुमार थापालाई लिखित जवाफ माग्ने आदेश गरेको हो । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले उनको लिखित जवाफ माग्ने आदेश गरेको हो । केही दिनअघि एक कार्यक्रममा कांग्रेस महामन्त्री थापाले ५२ जना संवैधानिक पदाधिकारीहरुको मुद्दा ‘सर्वोच्च अदालतले […]

दाङ । तुलसीपुर ६ सुकौरा रोडको पानी टयाङ्की नजिकै रा. १ झ १४२ नम्बरको गाडीले प्र.२००१ प १६७९ नम्बरको स्कुटरलाई आज बिहान ९:२० बजे ठक्कर दिएको इप्रका तुलसीपुरका प्रवक्ता इन्स्पेक्टर सूर्य रानाले बताए । गाडीको ठक्करबाट स्कुटर चालक तुलसीपुर-५ का ४२ वर्षीय शंकर रेग्मी र उनकी नातिनी ४ वर्षकी प्रिन्स बुढाथोकी घाइते भएका छन् । […]

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक योग बहादुर पाल प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस भएका छन् । प्राविधिक प्रहरी समूह, विधि विज्ञानतर्फका एसपी पाललाई सोमबार बसेको बढुवा समितिको बैठकले एसएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवाका लागि सिफारिस सूची प्रहरी नियमावली,२०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ […]

error: Content is protected !!