२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्न नेपाल यातायात महासंघ

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७


एबिसी संचार
काठमाडौँ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ । यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महासङ्घको आरोप छ ।
सञ्चालनका लागि सरकारसँग माग गर्दा अहिलेसम्म छलफल भन्दै अल्मलाएको र कुनै निर्णय नगरेकाले व्यवसायी आफैँ सञ्चालन गर्ने टुङ्गोमा पुगेका हुन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्नुहुन्छ, यातायात क्षेत्रमा आश्रित परिवार भोकै रहने अस्वस्था छ, बैङ्कको ऋणको त कुरै नगरौँ, गाडी चलेकै छन् तर सावर्जनिक मात्र रोकियो, निजी गाडीले यात्रु ओसारेका छन्, त्यसैले हामीले २१ गतेपछि आफैँ निर्णय गरेर चलाउँछौँ ।
उपत्यकाका ट्याक्सी व्यवसायीले पनि असार २१ गतेसम्मका लागि आन्दोलन स्थगित गरेका छन् । तीन महिनाभन्दा बढी समय बन्दाबन्दी भएपछि ट्याक्सी व्यवसायी बैङ्क किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको भन्दै ट्याक्सी लिएर सडकमा आएका थिए । ट्याक्सी चलाउन र काम गर्न पाउनुपर्ने उनीहरूको माग छ ।
२१ गतेपछि साना सार्वजनिक सवारी साधनहरू खुल्न सक्ने सम्भावना भएकाले आफूहरूले २१ गतेसम्म आन्दोलन स्थगित गरेको उपत्यका ट्याक्सी व्यवसायी समाजका उपाध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो । कोरोना भाइरसको सावधानी अपनाएर आफूहरूले ट्याक्सी चलाउनका लागि सरकारी निकायसँग पटक–पटक अनुरोध गरे पनि बेवास्ता गरेपछि सडकमै आउनु परेको उहाँको भनाइ छ ।
उपाध्यक्ष तामाङ भन्नुहुन्छ, तीन महिनादेखि काम गर्न नपाउँदा हामी समस्यामा परियो, काम गरेको छैन तर बैङ्कले त हामीलाई छोड्दैन, कहाँबाट किस्ता तिर्ने, परिवार कसरी पाल्ने सरकारले हामीलाई केही राहत दिएको छैन, काम गरेर खान त पाउनु प¥यो नि, सडकमा गाडी गु्डिरहेका छन्, ट्याक्सीले मात्रै कोरोना सार्ने हो र ?
सरकारले निजी गाडी चल्न दिएर ट्याक्सीलाई मात्र रोकेर कोरोना नियन्त्रण नहुने व्यवसायीको भनाइ छ । तामाङ भन्नुहुन्छ, सार्वजनिक सवारी व्यवसायी निकै समस्यामा परे तर सरकारले कुनै सुनुवाइ नगर्दा थप पीडामा छौँ हामी । चारपाङ्ग्रे साना गाडी चलाउने तर ट्याक्सीलाई रोक्दा आफूहरू अन्यायमा परेको व्यवसायीको गुनासो छ । जोर–बिजोर प्रणाली अनुसार ट्याक्सी चलाउन दिए पनि आफूहरूलाई सहज हुने तामाङको भनाइ छ । स्वास्थ्य सावधानी अपनाएर ट्याक्सी चलाउन दिनुपर्ने व्यसायीको माग छ । उपत्यकामा झन्डै १२ हजार ट्याक्सी सञ्चालनमा छन् । यातायात व्यवस्था विभागले भने ट्याक्सी सञ्चालन गर्ने नगर्ने निर्णय आफूले गर्न नसक्ने बताउँदै आएको छ । गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!