१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

रुकुममा सरकारी सवारीसाधनहरु निजी काममा चलाउनेहरु कार्वाहीमा

Logo
प्रकाशित शनिबार, आषाढ २७, २०७७

मनोज डिसी
रुकुममा व्यक्तिगत प्रयोजन र कागजात बिनै चलाईएका ४ ओटा सरकारी सहित १८ ओटा सवारी साधन कारबाहिमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले बिहिबार कानून उल्लंघन गरेको आरोपमा ती सवारी साधनलाई कारबाहि गरेको हो । कारबाहिमा परेका साधनहरु मध्ये जिल्लाको मुसिकोट नगरपालिकाका २ ओटा, बाँफिकोट गाउँपालिकाको १ ओटा र त्रिबेणि गाउँपालिकाको १ ओटा मोटरसाईकल रहेका छन् ।
“कागजात बिनै व्यक्तिगत काममा परिचालन भएका ४ ओटा सरकारी मोटर साईकल सहित १८ ओटा १८ ओटा सवारी साधनलाई जरिवाना गरेका छौ,” जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख लक्ष्मण विश्वकर्माले भने, “सवारी चालकसँग अनुमति पत्र लगायत कागजात थिएनन् ।”
जानकारी अनुसार, विवरण खुलाईएका रा १ ब ८५१ र रा ५ ब १२४४ सहितका अन्य दुई मोटरसाईकल सरकारी नेम प्लेट अंकित थिए । स्थानीय तह अन्तर्गत बिभिन्न वडामा सञ्चालित जरिवालामा परेका मोटरसाइकल मध्ये केहि सम्बन्धित व्यक्तिका परिवारका सदस्यले घरको सामान ओसार्दै गर्दा कारबाहिमा परेको बताइएको छ । बिहीबार मात्रै कार्वाहिमा परेका १८ ओटा सवारी साधान मध्ये १५ ओटा मोटरसाईकल र ३ ओटा जीप रहेका छन् । सवारी कारबाहिबाट रु. १८ हजार रकम राजश्व संकलन भएको छ । कारबाहिमा परेका मध्य केहि लकडाउनको समयमा सरकारले लागु गरेको जोर विजोर प्रणाली लागु नगरेका पनि रहेका छन् । ट्राफिक प्रहरीले ७ ओटा सवारी साधन भने नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!