०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

शनिबार देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना मौसम बिभाग

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

एबिसी संचार
काठमाडौं आज देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसन विज्ञान विभागले बताएको छ। उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा पनि भइसकेको छ।
विभागले दिएको जानकारीअनुसार आज बिहानैदेखि देशभर बदली रही केही स्थानमा सामान्य र गण्डकी, प्रदेश नं। ५, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ। त्यस्तै, शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यम वर्षा हुनसक्ने विभागले बताएको छ।
प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ। आगामी २४ घण्टा भित्र भारी वर्षाको सम्भावना भएका स्थानमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय तथा पहिरो जानसक्ने भएकाले सबैलाई शतर्कता अपनाउन पनि विभागले सचेत गराएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]