२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

पत्रकार प्रियासनको सेल्फीमा म्यान्मामा सोध पत्र सार्वजनिक

Logo
प्रकाशित आइतबार, साउन ३२, २०७७

सागर थापा
दाङ उपन्यासकार एवं पत्रकार सविन प्रियासनको सेल्फी उपन्यासमा म्यान्मा (वर्मा) मा सोध पत्र गरिएको छ। म्यानमा निवासी माया खनालले सेल्फी उपन्यासमा सोध पत्र गर्नु भएको हो । करिव ६ महिना उपन्यासको विषयमा विषय विज्ञहरुसँग छलफल गरेर सोध पत्र गरिएको खनालले जानकारी दिनुभयो । उपन्यासकार प्रियासनसँग पनि उपन्यासको विषयमा फोन मार्फत छलफल गरिएको उहाँको भनाइँ छ ।
७० पृष्ठ लामो सोध पत्र तयार भएको र निकट भविष्यमा नै यस विषयमा पुस्तक समेत प्रकाशन गर्ने तयारी खनालको छ । अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक सङ्घ मोगोक शाखा शिक्षा विभागद्वारा सञ्चालित नेपाली साहित्य डिप्लोमातहको प्रमाणपत्रका लागि गरिएको उक्त सोध पात्रमा उपन्यासको विषय बस्तु, यसको सन्देश अनि उपन्यासरको बारेमा समेत विभिन्न कुराहरु समावेश गरिएको खनालको भनाइँ छ । म्यान्मामा नेपाली मूलका अहिले पनि हजारौ व्यक्तिहरुको बसोबास छ ।
नेपालबाट वर्षेनी संघले सयौ पुस्तकहरु म्यान्मामा लैजाने गरेको र नेपाली साहित्य अध्ययन गर्नेहरुले ती पुस्तकहरुको नियमित अध्ययन गर्ने गर्दछन् । सेल्फी उपन्यास अध्ययन गरेपछि उपन्यास सन्देश मुलक लागेकाले यसैमा सोध पत्र गर्न सुरु गरेको खनालको भनाइँ छ । सोध पत्र लेख्नेक्रममा उपन्यासकार नेपालमा बस्ने भएकाले उपन्यासकारसँग सम्पर्क गर्न सुरुमा कठिनाइँ भएको उहाँले अनुभव सुनाउनुभयो, ‘म म्यान्मामा बस्छु, नेपाली भाषा पनि प्रष्टसँग बोल्न आउँदैन, फेसबुक मार्फत उपन्यासकार प्रियासनको खोजी गरेर म्यासेन्जर मार्फत उपन्यास अनि उहाँको बारेमा थप जानकारी लिएर मेरो सोध पत्र तयार गरेकी हुँ ।’
नेपालमा हालसम्म नआएपनि भविष्यमा नेपाल आउने रहर छ भन्दै खनाल भन्नु हुन्छ, ‘हाम्रा पूर्खाहरु नेपालकै हुनुहुन्छ । मलाई नेपाल भनेपछि हुरुक्कै लाग्छ । समय मिल्यो भने एकपटक नेपाल घुम्ने इच्छा छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!