२० बैशाख २०८३, आइतबार
03-05-2026 , Sun
×

आजसम्मकै ठूलो धनराशी पुरस्कार भएको टिकटक प्रतियोगिता बराहक्षेत्रमा हुँदै

Logo
प्रकाशित शुक्रबार, भाद्र १२, २०७७

ABC Sanchar
प्रदेश नम्बर एक स्थित सुनसरीको बराहक्षेत्रमा आजसम्मकै ठूलो धनराशी पुरस्कार भएको `सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७´ हुने भएको छ।
आज (बिहीबार) पत्रकार भेटघाट गर्दै सदाबहार मिडिया प्रालिद्वारा आयोजना हुन गइरहेको उक्त प्रतियोगिता आगामी भाद्र १३ गतेदेखी कार्तिक २८ गतेसम्म संचालन हुने जनाईएको हो।
प्रतियोगिताको पहिलो चरण अन्तर्गत भाद्र १३ गतेदेखी २८ गतेसम्म आबेदनको रुपमा सहभागीले सदाबहार मिडियाको अफिसियल पेजमा आफ्नो टिकटक भिडियो लिंक पठाउनेछन भने त्यसमध्ये भ्युजको आधारमा उत्कृष्ट १०० सहभागीलाई दोस्रो चरणमा प्रवेश गराइने कार्यक्रम संयोजक देब भट्टराईले बताए।
असोज १९ गते दोस्रो चरणमा उत्कृष्ट २० जनाको भिडियोमा आएको भ्युजको आधारमा छनोट गरिनेछ। क्रमशः ५ औं चरणसम्म भोटिङको आधारमा उत्कृष्ट १५, १०,५, ३ र फाइनल क्रमशः असोज २७, कार्तिक ६, कार्तिक १४, कार्तिक २१ र कार्तिक २८ गते बिजेता घोषणा गरिने बिज्ञप्तीमा उल्लेख गरिएको छ।
सहभागीले अर्को चरणमा प्रवेश गरेपछि प्रत्येक नयाँ चरणमा नयाँ भिडियो पठाउनुपर्ने र अश्लीलता भएको भिडियो अमान्य हुने, कुनै जात, धर्म, पेशा, समुदाय र राष्ट्रियतामा आच आउने खालको भिडियो भएमा मान्य नहुने व्यवस्थापक रमेश यादबले जानकारी दिए।
आयोजकले प्रतियोगिताको विशेष: प्रतियोगीले आवेदन शुल्क तिरेको रसिद, नाम, ठेगना, सम्पर्क नम्बर सदाबहारको फेसबुक पेजमा इन्बक्स गर्नुपर्ने,
१५ सेकेन्ड भन्दा माथीको नेपाली भाषाको भिडियो हुनुपर्ने, सहभागीले आफ्नै अभिनयको भिडियो पठाउनुपर्ने, सहभागीले सर्त पालना नगरे भिडियो रद्द गरिने र आवेदन शुल्क फिर्ता नहुने लगाएतका नियमहरु राखेको प्रतियोगिताका प्रबक्ता किरण चौलागाईंले बताए।
आजसम्मकै ठूलो धनराशी पुरस्कार भनिएको सो प्रतियोगितामा प्रथम हुनेले सप्रमाणपत्र नगद रु. १ लाख ५० हजार, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु. १ लाख र ५० हजार र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक भरत खड्काले बताए। उनका अनुसार यो प्रतियोगिता व्यापार गर्ने उदेश्यले गरिएको भन्दा पनि फुर्सदको सदुपयोग गरिएको हो।
यसअघि बराहक्षेत्रलाई मात्र लक्षित गर्दै प्रथम बराहक्षेत्र टिकटक प्रतियोगिता गरिसकेको सदाबहार मिडिया प्रालिले यसपटक `भिडभाड रहित दशै मनाऔ, सामाजिक दुरी कायम गर्दै टिकटकमा रमाऔ´ भन्ने नाराका साथ राष्ट्रव्यापी रुपमा संचालित भएको हुदा नेपालमा स्थायी बसोबास गरि हाल बिश्वका जुनसुकै ठाउमा भएकाले पनि सहभागी हुन पाउने सदाबहार मिडिया प्रालिका अध्यक्ष भवानी धिमालले बताए। उनले भने, हामीले बुझेका छौ कि यो कठिन परिस्थिति छ। त्यसैले हामीले यसको सदुपयोग र लुकेर बसेका कलाहरुलाई स्थान दिएका हौ।प्रतियोगितामा भाग लिन सहभागीले रु. १०० प्रवेश शुल्क स्वरुप आयोजकले तोकेको khalti एप, आई.एम.इ पे मार्फत बुझाउनुपर्ने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* – *मिति*: २०८३ साल वैशाख २० गते जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका वडा नं. १३ र १५ – *बरामद सामान*: 1. भारतबाट अवैध रुपमा ल्याइएका १५०० वटा माछाका भुरा 2. ६० वटा बोइलर कुखुरा – *कारबाही*: नियन्त्रणमा लिइएका माछाका भुरा र कुखुरा आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, […]

काठमाडौँ । उपत्कायकास्थित बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम आज (शनिबार) पनि जारी छ। सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। […]

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

error: Content is protected !!