०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

कोरोनाले बालबालिकालाई पारिरहेको असर र युवाको भूमिका

Logo
प्रकाशित बुधबार, भाद्र २४, २०७७

पुजा भुषाल
विद्यार्थी कोरोना मानव इतिहासमा आएको एउटा डरलाग्दो भाइरस हो । सन् २०१९ को डिसम्बर ३१ का दिन चीनको उहान महानगरीबाट उत्पन्न यस भाइरस अहिले विश्वको १२९ देशहरुमा परालको आगो झै बनेर फैलिरहेको छ । सामान्यतया १८ वर्ष कम उमेरका सम्पूर्ण व्यक्तिहरुलाई बालबालिका भनिन्छ । यो उमेरमा के सही र गलत भन्ने छुट्याउन क्षमताले भ्याउदैन । मनमा जे आयो त्यही गर्ने प्रवृतिका व्यक्तिहरु प्राय.ं बालबालिका हुन्छन् । भोलिका साझेदार मात्र नभएर आजका आधार नै बालबालिका हुन । सिङ्गो राष्ट्रको वर्तमान अवस्थामा आउने हरेक समस्याको समाधानकर्ताहरु यूवा हुन् । वर्तमानका पहरेदार व्यक्ति नै युवा हुन् । युवा एक व्यक्ति मात्र नभएर आवाज विहिनहरुको आवाज हो । हरेक घटनाहरुलाई समाधान गरी सवल राष्ट्र निर्माण गर्ने क्षमता राख्नै व्यक्ति नै यूवा हून् । हरेक यूवाको हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका हुन्छ ।
प्युठान जिल्लामा कोरोना सक्रमित बालबालिकाहरु ५६ जना रहेका छन् । ती मध्ये ५४ जना निको भएर घर फर्किसकेको र २ जना उपचारार्थ रहेको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । हाल विश्वभरमै फैलिरहेको कोरोना भाइरसले अनाथ, असहाय, अपाङ्ग लगायत अन्य बालबालिकाहरुको क्षेत्रमा पनि यसले असर पारिहेको हामीहरुलाई अवगत नै छ । हरेक बालबालिकाहरुले औपचारिक रुपमा विद्यालयमा उपस्थित भएर पठनपाठनलाई निरन्तरता दिन सकिरहेका छैनन् । देशमा रहेका सामुदायिक, निजी विद्यालयहरु तथा क्यापसहरुमा क्वारेन्टाइन बनाईएको छ । फलस्वरुप पठनपाठनको मुख्य ढोका नै बन्द भएको छ । शिक्षक र विद्यार्थी एकअर्काका पूरक हुन । औपचारिक पठनपाठन नहुदाँ बालबालिकाहरुको पढाइ प्रति रुचि घट्दै गएको छ । नेपालसरकारबाटै विद्यालयमा पठनपाठन नगर्न निर्देशन जारी गरिएको छ । बालबालिकाहरुले शिक्षालाई दिदै आएको पहिलो प्राथमिकता आफ्नो मानसपटलबाट नै खस्किदै गएको बताउछन् ।
कोरोना भाइरसको स्थिती एकदमै भयानक बन्दै गएकाले यसको सन्त्रासले बालबालिकाहको मनस्थिती मै नराम्रो पर्न गएको छ । जसले गर्दा उनिहरुको मनस्थिती ठीक छैन । शिक्षा पछि अर्को संवेदनशील क्षेत्र स्वास्थ्य हो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि स्वास्थ्य कर्र्मीहरुले बालबालिकाहरु बिरामी भएको खण्डमा उपचारमा खटिन आनकानी गरिरहेको अवस्था छ । जसले बालबालिकाहरुमा दीर्घकालीन रोग नित्याउनुका साथै मृत्युको मुखमा पुर्याउन थालिसकेको छ । नेपाल जस्तो अल्प विकसित राष्ट्रमा बालबालिकालाई संवेदनशील रुपमा हेरिन छोड्यो भने राष्ट्रले ठुलो घाटा बेहोर्नु पर्ने सत्यलाई वेवास्ता गरिदै छ । राष्ट्रले विकासको तीव्र्रता लिन सकिरहेको छैन । फलस्वरुप राष्ट्रले विकासको गतिलाई रोक्नुपर्ने अवस्था आइरहेको छ । वेलावेलामा देशको उच्च पदमा रहिरहेको व्यक्तिहरुले नै कोरोना भाईरस हाउगुजी जस्तै गरेर प्रचारप्रसार गरिरहेका छन् । यसलाई विभिन्न मिडियाहरुले अझ नराम्रो तबरले समाचार कभर गरेर प्राचरप्रसार गरिरहेका छन । भनिन्छ ‘बालबालिका काँचो माटो हुन’ , जुन तवरले हामीले सिर्जना गर्छौ त्यहि नै उनीहरुको भविष्यको वास्तविक रुप बन्न पुग्छ । त्यसैले यस्तो संवेदनशील उमेरका हरेक बालबालिकालाई ध्यान नदिएर त्रासको रुपमा प्रचारप्रसार गरिरहेका मिडियाहरुलाई सेन्सरको दायरामा ल्याउन जरुरी छ । लकडाउन खुल्दा दोस्रो दिनमै घरी परीक्षा सञ्चालनको रुटिङ प्रकासन गर्ने, घरी रद्द गर्ने र घरी लकडाउन गर्ने सिस्टम नै बसालिरहेका छन् , हाम्रो नेपालमा । किन बालबालिकाहरुलाई नजर अन्दाज गरिरहेका छन त ? उनीहरु बालबालिकाहरुको भविव्यमाथि कत्तिपनि चिन्तित नभएकै हो त ?
कुनै पनि देशको भविष्य त्यस देशका बालबालिकाहरुको वर्तमान स्थितिसँग जोडीएको हुन्छ । यो सत्यलाई हेर्दै नहेरी पटकपटक असामान्य शैक्षिक निर्णयहरु लिने कार्य भईरहदा बालबालिकाहरु पठनपाठनबाट बिमुख हुने अवस्थामा पुगेका छन । किन सरोकारवाला पक्षहरुले यस विषयमा ध्यान दिईरहेका छैनन् । एक त आँफै पछाडि परीरहेका छन । जसरी नतिजा दिनमा एउटा खेलाडीलाई १ सेकेन्डको, एउटा किसानलाई छ महिनाको महत्व हुन्छ त्यत्तिनै एउटा विद्यार्थिलाई १ वर्षको महत्व हुन्छ । वार्षिक रुपमा योजनाबद्ध तरिकाले अगाडि बढ्न रुकावटको हुने गरेको छ । उनीहरुले अहिले १० पास गरेर ११ मा यो विषय पढेनेछु र ११ को एक्जाम दिएर १२ यसरी पढ्छु भनेर निर्णय लिएका थिए त्यो निर्णयबाट बिचलित हुन पुगेका छन् ।
भनिन्छ, युवा समस्याका समाधानका स्रोत हुन । हरेक समस्या पहिचान गरी समाधानका विकल्प खोज्ने व्यक्तिहरु नै युवा हुन । एउटा युवाकाक्े देशका हरेक क्षेत्रमा सञ्चालन भैरहेका कार्यहरुलाई पारदर्शी बनाउन दबाब दिने, ध्यानाकर्षण गराउने जिम्मेवारी पनि हुन्छ । जसरी अहिले हरेक विद्यालयहरुमा क्वारेन्टाइन बनाई पठनपाठनमा रोक लगाइएको छ । बालबालिकाहरुका अधिकारहरुको मध्यनजर गर्दै विद्यालय तथा क्याम्पसहरुलाई क्वारेन्टाइन स्थलको रुपमा प्रयोग नगरी सामान्य भौतिक दुरी कायम गर्ने गरी पठनपाठन सन्चालन गर्ने । साथै सरकारले यस अवस्थामा बिद्यालयहरु खुलाउने तर्फ ध्यान दिनुपर्छ । समुदायस्तरमा धेरै सक्रमण भएको अवस्थामा पठनपाठनको माध्यम विद्यालय बन्द गरेतापनि दूर शिक्षा र प्रविधि अङ्गाल्नुपर्छ । विद्युत प्राप्त ठाउँहरुमा भर्चुअल माध्यमबाट अनलाइनमा पठनपाठन गराउनु पर्छ भन्ने बारेमा युवाले सरकारलाई दवाव दिनुपर्छ । अझ अनाथ बालबालिकाहरुको अभिभावकत्व भुमकिा निर्वाह गर्ने कोही हुदैनन् ।
असहायहरुलाई साहारा दिने कोही हुदैनन् भने अपाङ्गको हौसला बढाउने कोही हुदैनन् । जसले गर्दा उनिहरुममा खिन्नता बोध बढ्दै गएको छ । उनिहरुलाई असल बाटो पहिल्याउन युवाहरुले विशेष ध्यान दिनु जरुरी छ । उनिहरु पनि समाजका अन्य व्यत्ति सरह नै हुन् भनेर युवाहरुले अनाथ , अपाङ्ग र असहाय बालबालिकाको हकमा उनीहरुको क्षमता अनुसारको शिक्षा प्रणालीलाई लागू हुनेगरी, उनीहरुलाई सोही अनुसारको शिक्षा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!