प्रकशित मिति : २४ भाद्र २०७७, बुधबार १४:००

पुजा भुषाल
विद्यार्थी कोरोना मानव इतिहासमा आएको एउटा डरलाग्दो भाइरस हो । सन् २०१९ को डिसम्बर ३१ का दिन चीनको उहान महानगरीबाट उत्पन्न यस भाइरस अहिले विश्वको १२९ देशहरुमा परालको आगो झै बनेर फैलिरहेको छ । सामान्यतया १८ वर्ष कम उमेरका सम्पूर्ण व्यक्तिहरुलाई बालबालिका भनिन्छ । यो उमेरमा के सही र गलत भन्ने छुट्याउन क्षमताले भ्याउदैन । मनमा जे आयो त्यही गर्ने प्रवृतिका व्यक्तिहरु प्राय.ं बालबालिका हुन्छन् । भोलिका साझेदार मात्र नभएर आजका आधार नै बालबालिका हुन । सिङ्गो राष्ट्रको वर्तमान अवस्थामा आउने हरेक समस्याको समाधानकर्ताहरु यूवा हुन् । वर्तमानका पहरेदार व्यक्ति नै युवा हुन् । युवा एक व्यक्ति मात्र नभएर आवाज विहिनहरुको आवाज हो । हरेक घटनाहरुलाई समाधान गरी सवल राष्ट्र निर्माण गर्ने क्षमता राख्नै व्यक्ति नै यूवा हून् । हरेक यूवाको हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका हुन्छ ।
प्युठान जिल्लामा कोरोना सक्रमित बालबालिकाहरु ५६ जना रहेका छन् । ती मध्ये ५४ जना निको भएर घर फर्किसकेको र २ जना उपचारार्थ रहेको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । हाल विश्वभरमै फैलिरहेको कोरोना भाइरसले अनाथ, असहाय, अपाङ्ग लगायत अन्य बालबालिकाहरुको क्षेत्रमा पनि यसले असर पारिहेको हामीहरुलाई अवगत नै छ । हरेक बालबालिकाहरुले औपचारिक रुपमा विद्यालयमा उपस्थित भएर पठनपाठनलाई निरन्तरता दिन सकिरहेका छैनन् । देशमा रहेका सामुदायिक, निजी विद्यालयहरु तथा क्यापसहरुमा क्वारेन्टाइन बनाईएको छ । फलस्वरुप पठनपाठनको मुख्य ढोका नै बन्द भएको छ । शिक्षक र विद्यार्थी एकअर्काका पूरक हुन । औपचारिक पठनपाठन नहुदाँ बालबालिकाहरुको पढाइ प्रति रुचि घट्दै गएको छ । नेपालसरकारबाटै विद्यालयमा पठनपाठन नगर्न निर्देशन जारी गरिएको छ । बालबालिकाहरुले शिक्षालाई दिदै आएको पहिलो प्राथमिकता आफ्नो मानसपटलबाट नै खस्किदै गएको बताउछन् ।
कोरोना भाइरसको स्थिती एकदमै भयानक बन्दै गएकाले यसको सन्त्रासले बालबालिकाहको मनस्थिती मै नराम्रो पर्न गएको छ । जसले गर्दा उनिहरुको मनस्थिती ठीक छैन । शिक्षा पछि अर्को संवेदनशील क्षेत्र स्वास्थ्य हो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा पनि स्वास्थ्य कर्र्मीहरुले बालबालिकाहरु बिरामी भएको खण्डमा उपचारमा खटिन आनकानी गरिरहेको अवस्था छ । जसले बालबालिकाहरुमा दीर्घकालीन रोग नित्याउनुका साथै मृत्युको मुखमा पुर्याउन थालिसकेको छ । नेपाल जस्तो अल्प विकसित राष्ट्रमा बालबालिकालाई संवेदनशील रुपमा हेरिन छोड्यो भने राष्ट्रले ठुलो घाटा बेहोर्नु पर्ने सत्यलाई वेवास्ता गरिदै छ । राष्ट्रले विकासको तीव्र्रता लिन सकिरहेको छैन । फलस्वरुप राष्ट्रले विकासको गतिलाई रोक्नुपर्ने अवस्था आइरहेको छ । वेलावेलामा देशको उच्च पदमा रहिरहेको व्यक्तिहरुले नै कोरोना भाईरस हाउगुजी जस्तै गरेर प्रचारप्रसार गरिरहेका छन् । यसलाई विभिन्न मिडियाहरुले अझ नराम्रो तबरले समाचार कभर गरेर प्राचरप्रसार गरिरहेका छन । भनिन्छ ‘बालबालिका काँचो माटो हुन’ , जुन तवरले हामीले सिर्जना गर्छौ त्यहि नै उनीहरुको भविष्यको वास्तविक रुप बन्न पुग्छ । त्यसैले यस्तो संवेदनशील उमेरका हरेक बालबालिकालाई ध्यान नदिएर त्रासको रुपमा प्रचारप्रसार गरिरहेका मिडियाहरुलाई सेन्सरको दायरामा ल्याउन जरुरी छ । लकडाउन खुल्दा दोस्रो दिनमै घरी परीक्षा सञ्चालनको रुटिङ प्रकासन गर्ने, घरी रद्द गर्ने र घरी लकडाउन गर्ने सिस्टम नै बसालिरहेका छन् , हाम्रो नेपालमा । किन बालबालिकाहरुलाई नजर अन्दाज गरिरहेका छन त ? उनीहरु बालबालिकाहरुको भविव्यमाथि कत्तिपनि चिन्तित नभएकै हो त ?
कुनै पनि देशको भविष्य त्यस देशका बालबालिकाहरुको वर्तमान स्थितिसँग जोडीएको हुन्छ । यो सत्यलाई हेर्दै नहेरी पटकपटक असामान्य शैक्षिक निर्णयहरु लिने कार्य भईरहदा बालबालिकाहरु पठनपाठनबाट बिमुख हुने अवस्थामा पुगेका छन । किन सरोकारवाला पक्षहरुले यस विषयमा ध्यान दिईरहेका छैनन् । एक त आँफै पछाडि परीरहेका छन । जसरी नतिजा दिनमा एउटा खेलाडीलाई १ सेकेन्डको, एउटा किसानलाई छ महिनाको महत्व हुन्छ त्यत्तिनै एउटा विद्यार्थिलाई १ वर्षको महत्व हुन्छ । वार्षिक रुपमा योजनाबद्ध तरिकाले अगाडि बढ्न रुकावटको हुने गरेको छ । उनीहरुले अहिले १० पास गरेर ११ मा यो विषय पढेनेछु र ११ को एक्जाम दिएर १२ यसरी पढ्छु भनेर निर्णय लिएका थिए त्यो निर्णयबाट बिचलित हुन पुगेका छन् ।
भनिन्छ, युवा समस्याका समाधानका स्रोत हुन । हरेक समस्या पहिचान गरी समाधानका विकल्प खोज्ने व्यक्तिहरु नै युवा हुन । एउटा युवाकाक्े देशका हरेक क्षेत्रमा सञ्चालन भैरहेका कार्यहरुलाई पारदर्शी बनाउन दबाब दिने, ध्यानाकर्षण गराउने जिम्मेवारी पनि हुन्छ । जसरी अहिले हरेक विद्यालयहरुमा क्वारेन्टाइन बनाई पठनपाठनमा रोक लगाइएको छ । बालबालिकाहरुका अधिकारहरुको मध्यनजर गर्दै विद्यालय तथा क्याम्पसहरुलाई क्वारेन्टाइन स्थलको रुपमा प्रयोग नगरी सामान्य भौतिक दुरी कायम गर्ने गरी पठनपाठन सन्चालन गर्ने । साथै सरकारले यस अवस्थामा बिद्यालयहरु खुलाउने तर्फ ध्यान दिनुपर्छ । समुदायस्तरमा धेरै सक्रमण भएको अवस्थामा पठनपाठनको माध्यम विद्यालय बन्द गरेतापनि दूर शिक्षा र प्रविधि अङ्गाल्नुपर्छ । विद्युत प्राप्त ठाउँहरुमा भर्चुअल माध्यमबाट अनलाइनमा पठनपाठन गराउनु पर्छ भन्ने बारेमा युवाले सरकारलाई दवाव दिनुपर्छ । अझ अनाथ बालबालिकाहरुको अभिभावकत्व भुमकिा निर्वाह गर्ने कोही हुदैनन् ।
असहायहरुलाई साहारा दिने कोही हुदैनन् भने अपाङ्गको हौसला बढाउने कोही हुदैनन् । जसले गर्दा उनिहरुममा खिन्नता बोध बढ्दै गएको छ । उनिहरुलाई असल बाटो पहिल्याउन युवाहरुले विशेष ध्यान दिनु जरुरी छ । उनिहरु पनि समाजका अन्य व्यत्ति सरह नै हुन् भनेर युवाहरुले अनाथ , अपाङ्ग र असहाय बालबालिकाको हकमा उनीहरुको क्षमता अनुसारको शिक्षा प्रणालीलाई लागू हुनेगरी, उनीहरुलाई सोही अनुसारको शिक्षा


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com