०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

पाल्पामा पहिरोले पुरिएर ६ जना बेपत्ता

Logo
प्रकाशित बिहिबार, आश्विन ०८, २०७७

राजु पङिनी
पाल्पाको रम्भा गाउँपालिकामा तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन् ।रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो ।हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएको वडाध्यक्ष उमानसिंह सारुले बताए ।
उनका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् । हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना सम्पर्कविहीन भएका छन् । अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला पनि बेपत्ता भएकी छन् । उनका श्रीमान् भने पहिरो खसे पनि ज्यान जोगाउन सफल भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं – बडा दसैं २०८३ को पावन अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई दशैंको टीका र जमरा प्रदान गर्नुभएको छ। प्रहरी प्रधान कार्यालयस्थित निवासमा आयोजित कार्यक्रममा उहाँले प्रहरी कर्मचारी तथा परिवारजनलाई टीका, जमरा लगाइदिँदै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो।

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।