२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

बर्दिया सडक दुर्घटना न्युनीकरणमा जिल्ला ट्राफिकले जनचेतनामूलक अभियान संचालन गर्ने

Logo
प्रकाशित बिहिबार, आश्विन २९, २०७७

महेन्द्र सिंह बर्दिया सडक दुर्घटना न्युनीकरणका लागि जिल्ला ट्राफिक कार्यालय बर्दियाले अभियान संचालन गरिरहेको छ ।
सुरक्षित यात्रा अभियान अन्तर्रगत प्रदेश प्रहरी कार्यालय लुम्बिनीको निर्देशन अनुसार बर्दिया जिल्ला भरी सचेतना मूलक कार्यक्रम संचालन गरिरहेको छ ।
असोज १५ गते देखि २९ गते सम्म जिल्लाका बिभिन्न राजमार्ग हरुमा सचेतना मूलक कार्यक्रम संचालन भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जानकारी गराएको छ ।
यसै क्रममा नेपालगन्ज गुलरिया सडक अन्र्तगत गुलरिया नगरपालिका वडा नं.११ गणेशपुरमा पनि घरदैलो समेतको सचेतना मूलक कार्यक्रम गरिएको छ ।
दुर्घटनाको जोखिमका हिसाबले त्यसक्षेत्र संवेदनशिल भएकाले गणेशपुर क्षेत्रमा पनी सचेतना मूलक कार्यक्रम संचालन गरिएको हो । सुरक्षित यात्रा सचेतनामूलक कार्यक्रम अन्र्तगत चालक, सह—चालक, सडक प्रयोग कर्ता पैदल यात्रु र राजमार्ग किनारमा बस्ने नागरिकहरुलाई प्रशिक्षण दिईएको छ ।
जिल्लामा ०७६/७७ मा भएको ८३ सडक दुर्घटनामा ३८ जनाले ज्यान गुमाउनु परेको हुँदा यस्तो अभियान संचालनले दुर्घटना न्युनिकरण हुने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरिक्षक योगेन्द्र बहादुर खड्काले वताए ।
दुर्घटनाबाट जोगिन नागरिक स्वयं चेतनशील हुनु पर्ने खड्काको भनाई छ । सडक किनारमा बाँधिने पशुका कारण पनि सवारी दुर्घटना हुने भएकाले सडक किनारमा पशु नबाध्नका लागि गुलरिया नगरपालिका वडा नम्बर—११का वडा अध्यक्ष रामनारायण केशरीले निर्देशन दिएका छन् । केशरीले सडक किनारमा राखिएका पसल तथा घुम्तीहरु पनि हटाईने बताएका छन् ।
ट्राफिक प्रहरीले वेलामा वेलामा यस्ता किसिमका सचेतना मूलक कार्यक्रम संचालनले आम नागरिकमा चेतना आई सवारी दुर्घटनाकमा कमी आउने अध्यक्ष केशरीको भनाई छ ।
नागरिकको घरदैलोमा गई सवारी दुर्घटनाको जोखिमबाट जोगिन सडक किनारमा बस्ने स्थानीयहरुले अपनाउनु पर्ने सावधानीका बारे जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी नायब निरिक्षक लोकेन्द्र बहादुर मल्लले प्रशिक्षण गरेका थिए । स्थानीय जन प्रतिनिधी, समाजसेवी, यातायात व्यवासायी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!