२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

नेपालगन्जका १० जना जुवाडेलाई ७ दिनको म्याद थप

Logo
प्रकाशित बिहिबार, कार्तिक १३, २०७७

महेन्द्र सिंह                                                          जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार राति नेपालगञ्जको बसपार्क क्षेत्रबाट पक्राउ गरेका १० जना जुवाडेहरुलाई थप आवश्यक अनुसन्धानका लागि ७ दिन म्याद थप गरी प्रहरी हिरासतमा लिएको छ । बाँकेमा केही दिन अघि एकै राजनितिक दलका केही व्यक्ति विशेषका नाम मुछेर सो कार्यमा संलग्न नरहेका व्यक्तिहरूको समेत नामै किटान गरेर जुवा खेलाइरहेको समाचार प्रकाशित भएपछि बाँके प्रहरीले उक्त कार्य झुटो रहेको विवरण पेश गर्न जुवा विरुद्धको विशेष अभियान सञ्चालन गरेको थियो। विशेष अभियानमा जिल्ला प्रहरी कार्यालय बाँकेमा मातहतका प्रहरीहरूको अतिरिक्त नेपालगञ्जमा पहिचान नखुलेका गुल्म प्रहरी कार्यालयबाट समेत प्रहरीहरु झिकाएर उक्त अभियानमा सञ्चालन गरिएको थियो। मंगलबार राति नेपालगञ्ज उप-महानगरपालिका वडा नं ४ बसपार्कमा भुपु असई कृष्ण सुबेदीको घरमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई रंगेहात पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा कैलालीको लम्की र नेपालगञ्ज-४ कारकादो घर भई कैलालीमा प्राण घातक तथा दीर्घ रोग को स्रोतको रुपमा रहेको मेगाश्री सुर्ती उत्पादन कम्पनीका मालिक सन्तोष वली मंगलबार राति पक्राउ परेका छन्। त्यसैगरी अर्का करोडपति जुवाडे पक्राउ पर्नेमा नेपालगञ्ज-१ धम्बोजीमा काठमाडौँ बैंक नजिकै घर रहेका मुस्लिमका पुराना ठेकेदार रहमान मियाँ हुनुहुन्छ। त्यसैगरी पक्राउ पर्नेमा नेपालगञ्ज-१ धम्बोजीमा मौरी होटल, कपडा पसल सञ्चालन गर्दै आएका नेपालगञ्ज-४ का नवीन घिमिरे, नेपालगञ्ज बिपि चोकमा रेष्टुरेन्ट, मेडिकल लगायतको व्यापार गर्दै आएका नेपालगञ्ज-४ का तरुण गौतम, राजनितिज्ञ नेपालगञ्ज-७ रामबाग सुदीप राणा, नेपालगञ्ज-४ कै पब्लु भण्डारी, सन्तोष थापा, घर मालिक कृष्ण सुबेदी, नेपालगञ्ज-१० का टोप बहादुर शाही, नेपालगञ्ज-६ का मेघनाथ कुचबँधीया गरी १० जना व्यक्तिहरू पक्राउ परेका थिए। पक्राउ परेका वलीले यसअघि पनि प्राणघातक मेगाश्री सुर्तीमा करिब करोडौं राजस्व हानी गरेको अभियोगमा छानबिनमा परेका थिए। जुवा काण्डमा रंगेहात पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन राजनितीका नाममा दलाली कार्य गर्दै आएका ब्यक्तीहरुले चलखेल बढाएपछी स्थानिय प्रशासनसँग परामर्श गरि वाँके प्रहरीले आजै दिउँसो जुवाडेहरुकोे फाईल तयार गरि सरकारी वकिल कार्यालय मार्फत ७ दिनको लागि म्याद थप गरेको छ। पक्राउ परेका व्यक्तिहरु पटके जुवाडे रहेको र जुवा खेली अकुत सम्पत्ति कमाएको आरोपमा सम्पत्ति शुद्धिकरण अन्तर्गत मुद्दा पनि अगाडी बढाइने तयारी स्थानीय प्रशासन र प्रहरीले गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]