०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

नेपालगन्जका १० जना जुवाडेलाई ७ दिनको म्याद थप

Logo
प्रकाशित बिहिबार, कार्तिक १३, २०७७

महेन्द्र सिंह                                                          जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार राति नेपालगञ्जको बसपार्क क्षेत्रबाट पक्राउ गरेका १० जना जुवाडेहरुलाई थप आवश्यक अनुसन्धानका लागि ७ दिन म्याद थप गरी प्रहरी हिरासतमा लिएको छ । बाँकेमा केही दिन अघि एकै राजनितिक दलका केही व्यक्ति विशेषका नाम मुछेर सो कार्यमा संलग्न नरहेका व्यक्तिहरूको समेत नामै किटान गरेर जुवा खेलाइरहेको समाचार प्रकाशित भएपछि बाँके प्रहरीले उक्त कार्य झुटो रहेको विवरण पेश गर्न जुवा विरुद्धको विशेष अभियान सञ्चालन गरेको थियो। विशेष अभियानमा जिल्ला प्रहरी कार्यालय बाँकेमा मातहतका प्रहरीहरूको अतिरिक्त नेपालगञ्जमा पहिचान नखुलेका गुल्म प्रहरी कार्यालयबाट समेत प्रहरीहरु झिकाएर उक्त अभियानमा सञ्चालन गरिएको थियो। मंगलबार राति नेपालगञ्ज उप-महानगरपालिका वडा नं ४ बसपार्कमा भुपु असई कृष्ण सुबेदीको घरमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई रंगेहात पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा कैलालीको लम्की र नेपालगञ्ज-४ कारकादो घर भई कैलालीमा प्राण घातक तथा दीर्घ रोग को स्रोतको रुपमा रहेको मेगाश्री सुर्ती उत्पादन कम्पनीका मालिक सन्तोष वली मंगलबार राति पक्राउ परेका छन्। त्यसैगरी अर्का करोडपति जुवाडे पक्राउ पर्नेमा नेपालगञ्ज-१ धम्बोजीमा काठमाडौँ बैंक नजिकै घर रहेका मुस्लिमका पुराना ठेकेदार रहमान मियाँ हुनुहुन्छ। त्यसैगरी पक्राउ पर्नेमा नेपालगञ्ज-१ धम्बोजीमा मौरी होटल, कपडा पसल सञ्चालन गर्दै आएका नेपालगञ्ज-४ का नवीन घिमिरे, नेपालगञ्ज बिपि चोकमा रेष्टुरेन्ट, मेडिकल लगायतको व्यापार गर्दै आएका नेपालगञ्ज-४ का तरुण गौतम, राजनितिज्ञ नेपालगञ्ज-७ रामबाग सुदीप राणा, नेपालगञ्ज-४ कै पब्लु भण्डारी, सन्तोष थापा, घर मालिक कृष्ण सुबेदी, नेपालगञ्ज-१० का टोप बहादुर शाही, नेपालगञ्ज-६ का मेघनाथ कुचबँधीया गरी १० जना व्यक्तिहरू पक्राउ परेका थिए। पक्राउ परेका वलीले यसअघि पनि प्राणघातक मेगाश्री सुर्तीमा करिब करोडौं राजस्व हानी गरेको अभियोगमा छानबिनमा परेका थिए। जुवा काण्डमा रंगेहात पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन राजनितीका नाममा दलाली कार्य गर्दै आएका ब्यक्तीहरुले चलखेल बढाएपछी स्थानिय प्रशासनसँग परामर्श गरि वाँके प्रहरीले आजै दिउँसो जुवाडेहरुकोे फाईल तयार गरि सरकारी वकिल कार्यालय मार्फत ७ दिनको लागि म्याद थप गरेको छ। पक्राउ परेका व्यक्तिहरु पटके जुवाडे रहेको र जुवा खेली अकुत सम्पत्ति कमाएको आरोपमा सम्पत्ति शुद्धिकरण अन्तर्गत मुद्दा पनि अगाडी बढाइने तयारी स्थानीय प्रशासन र प्रहरीले गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!