१५ चैत्र २०८०, बिहिबार
28-03-2024 , Thu
×

विजयनगरको दोस्रो गाउसभा सम्पन्न। १७ कानुन पारीत

Logo
प्रकाशित शुक्रबार, जेठ ०४, २०७५

माधव बेल्वासे

चन्द्रौटा कपिलवस्तु जेठ ३,कपिलवस्तुको विजयनगर गाउपालिकाको दोस्रो गाउँसभा सम्पन्न भएको छ । विहिवार सम्पन्न गाउँसभाले नया कार्यविधि सगै पुरानालाई संसोधन गरेको छ । सभाले प्रशासकिय कार्यविधि ऐन २०७४ र न्यायिक सम्वन्धि ऐन २०७४ पारीत गरेको छ ।त्यस्तै गाउपालिकाको कार्यपालिकाले सस्सोधन गरी पारित गरेको अन्य १५ वटा कार्यविधिहरुलाई गाउसभाले सर्मथन गर्दै पारित गरेको हो ।जसमा कार्यविभाजन नियमावली, कार्यसम्पादन ,वैठक संचालन,पदाअधिकारीको आचारसंहिता, विनियोजन ऐन,राजपत्र प्रकाशन,उपभोक्ता समिति,सहकारी ऐन, शिक्षा नियमावली,एफएम संचालन,कृषि प्रवद्धन,करारमा कर्मचारी व्यवस्थापन,वजार अनुगमन रहेका छन । गाउपालिकाका अध्यक्ष गोपाल थापाले गाउपालिकालाई समृद्ध बनाउने सवैको योजना रहेकोले सवैको सल्लाह अनुसार कार्य अघि वढाएको वताए ।गाउपालिकालाई जिल्लाकै नमुना गाउपालिका निमार्ण गरेर विकाशको गतीले तिव्रता पाउने वताए । सभाको सदस्यहरुलाई सम्वोधन गर्दै अध्यक्ष थापाले जिल्लाकै पश्चिम र पछाडि परेको ठाउ भनेर चिनिने गाउपालिका विकाशउन्मुख भएको वताए । गाउपालिकामा रहेको सम्पुर्ण वडाहरुमा विकाशका कामहरु तिव्र रुपमा भएको वताउदै वडा वासीहरुलाई आवश्यक अनुसार विकाश वढाउन वडा अध्यक्षहरुलाई आग्रह गरे । गाउपालिकाले अघि सारेका कामहरु पुरा गरेर नमुना गाउपालिका निमार्ण गर्ने वडा न ४ वडा अध्यक्ष तिलक कडेलले वताए । जनतावाट प्रतिनिधित्व गर्दै आएका जनप्रतिनिधिहरुले जनताको लागी नै काम गर्नुपर्नेमा जोड दिए । गाउपालिका उपाध्यक्ष लक्ष्मी चौधरीको स्वागत मनतब्यबाट शुरू भएको कायक्रमको अध्यक्ष गाउपालिका अध्यक्ष गोपाल थापाद्धारा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

  (ABC-Sanchar) दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो। उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल […]