०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

ट्रयाक्टरले ठक्कर दिँदा एकको मृत्यु

Logo
प्रकाशित शुक्रबार, जेठ ०४, २०७५

जेठ ४, २०७५
सडक दुर्घटनामा एक पैदल यात्रुको मृत्यु भएको छ।

सुर्खेत– १० रत्न राजमार्गको नारायण पेट्रोल पम्पनजिकै बिहीबार साँझ भे १ त ६८६७ नं को ट्रयाक्टरले ठक्कर दिँदा जुम्ला तातोपानी गाउँपालिका– ४ का ६२ वर्षीय मनसा पाण्डेको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई स्थानीयले नर्सिङ होमतर्फ लगेका थिए। तर बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रयाक्टर चालक लेकबेसी– ८ चिङगाडका २१ वर्षीय प्रेमराज घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शव पोष्टमार्टमका लागि क्षेत्रीय अस्पताल सुर्खेतको शवगृहमा राखिएको छ।
स्रोत::थाहा खबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]