०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

अब नेपालको सडकमा गुड्नेछन् फोटोन मोटर्सका बिजुली बसहरु

Logo
प्रकाशित बिहिबार, कार्तिक २०, २०७७

(ABC Sanchar)
काठमाडौं वातावरणीय हिसावले विद्युतीय गाडी धेरै उपयोगी मानिन्छ पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि विद्युतीय गाडिको खपत बढ्दो छ ।
सार्वजनिक यातायातको क्षेत्रमा पनि विद्युतीय बसहरुको प्रयोग बढ्दो छ । प्रदुषण घटाउन भन्दै धेरै देशले अहिले शहरी यातायातलाई विद्युतीय बनाउन जोड दिइरहेका छन् ।
नेपालमा पनि केही कम्पनीहरुले विद्युतीय बस सञ्चालनमा ल्याएका छन् ।
सरकार समेतको लगानी रहेको साझा यातायातले पनि विद्युतीय बस ल्याएको छ । यद्यपि ‘विभिन्न प्रक्रियागत कारण’ले साझाका विद्युतीय बस सडकमा भने गुडेका छैनन् ।
विद्युतीय बस उत्पादनका लागि चीन विश्वमै अग्र स्थानमा आउँछ । नेपालमा सुन्दर यातायातले काठमाडौंको चक्रपथमा सञ्चालनमा ल्याएका विद्युतीय बसहरु पनि चीनमै बनेका हुन् ।
विश्व बजारमा अहिले बीवाईडी (चीन) युटोहङ (चीन), एबी भोल्भो (स्वीडेन), फोटोन (चीन)का विद्युतीय बसहरु बढी मात्रामा बिक्री भइरहेका छन् ।
वातावरणमैत्री एवम् जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बिजुलीबाट चल्ने बस, कार, मोटरसाइकल, स्कुटर आदिको प्रयोगमा नेपाली उपभोक्ताहरुको पनि रुची बढ्दै गइरहेको छ ।
मूल्यका हिसावले बिजुली बस पेट्रोलियम पदार्थ (डिजेल)बाट चल्ने बसभन्दा तीन गुणासम्म महङ्गो पर्न जान्छन् । तर, अत्याधुनिक सुविधासहित उपलब्ध हुने बिजुली बसको सञ्चालन खर्च एकदमै कम हुन्छ । जसका कारण व्यवसायीहरुले बिजुली बसबाट लामो समयसम्म नाफा आर्जन गर्न सक्छन् ।
बिजुली बसको उत्पादनमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएको चिनियाँ कम्पनी फोटोन मोटर्सले पनि नेपालमा आफ्ना उत्पादन बिक्री गर्ने भएको छ । हाल यो कम्पनीले चीनसहित विश्वका ११० भन्दा बढी देशमा आफ्ना बिजुली बसहरु बिक्री गर्दै आइरहेको छ ।
फोटोनले छिमेकी राष्ट्र भारतमा पनि ५ सय करोड भारतीय रुपैयाँको लगानीमा म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गरेको छ । फोटोनका बिजुली बसहरु चीनसँगै भारतमा पनि उत्पादन हुनेछन् ।
नेपाली सडकको विशेषताअनुसार उपयुक्त मानिएका फोटोनका बसहरु इच्छुक नेपाली व्यवसायीले भारतसँगै चीनबाट पनि आयात गर्न सक्नेछन् । वातावरण मैत्री एवम् अत्याधुनिक सुविधा सम्पन्न यी बसहरुको वार्षिक कर नेपालको सन्दर्भमा नगण्य नै हुन्छ । यस्तै, नवीकरण शुल्क पनि धेरै कम हुन्छ । नेपाली बजारमा फोटाने मोटर्सका बिजुली बसहरु १ करोड ७० लाखदेखि १ करोड रुपैयाँसम्ममा खरिद गर्न सकिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]