२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अब नेपालको सडकमा गुड्नेछन् फोटोन मोटर्सका बिजुली बसहरु

Logo
प्रकाशित बिहिबार, कार्तिक २०, २०७७

(ABC Sanchar)
काठमाडौं वातावरणीय हिसावले विद्युतीय गाडी धेरै उपयोगी मानिन्छ पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि विद्युतीय गाडिको खपत बढ्दो छ ।
सार्वजनिक यातायातको क्षेत्रमा पनि विद्युतीय बसहरुको प्रयोग बढ्दो छ । प्रदुषण घटाउन भन्दै धेरै देशले अहिले शहरी यातायातलाई विद्युतीय बनाउन जोड दिइरहेका छन् ।
नेपालमा पनि केही कम्पनीहरुले विद्युतीय बस सञ्चालनमा ल्याएका छन् ।
सरकार समेतको लगानी रहेको साझा यातायातले पनि विद्युतीय बस ल्याएको छ । यद्यपि ‘विभिन्न प्रक्रियागत कारण’ले साझाका विद्युतीय बस सडकमा भने गुडेका छैनन् ।
विद्युतीय बस उत्पादनका लागि चीन विश्वमै अग्र स्थानमा आउँछ । नेपालमा सुन्दर यातायातले काठमाडौंको चक्रपथमा सञ्चालनमा ल्याएका विद्युतीय बसहरु पनि चीनमै बनेका हुन् ।
विश्व बजारमा अहिले बीवाईडी (चीन) युटोहङ (चीन), एबी भोल्भो (स्वीडेन), फोटोन (चीन)का विद्युतीय बसहरु बढी मात्रामा बिक्री भइरहेका छन् ।
वातावरणमैत्री एवम् जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बिजुलीबाट चल्ने बस, कार, मोटरसाइकल, स्कुटर आदिको प्रयोगमा नेपाली उपभोक्ताहरुको पनि रुची बढ्दै गइरहेको छ ।
मूल्यका हिसावले बिजुली बस पेट्रोलियम पदार्थ (डिजेल)बाट चल्ने बसभन्दा तीन गुणासम्म महङ्गो पर्न जान्छन् । तर, अत्याधुनिक सुविधासहित उपलब्ध हुने बिजुली बसको सञ्चालन खर्च एकदमै कम हुन्छ । जसका कारण व्यवसायीहरुले बिजुली बसबाट लामो समयसम्म नाफा आर्जन गर्न सक्छन् ।
बिजुली बसको उत्पादनमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएको चिनियाँ कम्पनी फोटोन मोटर्सले पनि नेपालमा आफ्ना उत्पादन बिक्री गर्ने भएको छ । हाल यो कम्पनीले चीनसहित विश्वका ११० भन्दा बढी देशमा आफ्ना बिजुली बसहरु बिक्री गर्दै आइरहेको छ ।
फोटोनले छिमेकी राष्ट्र भारतमा पनि ५ सय करोड भारतीय रुपैयाँको लगानीमा म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गरेको छ । फोटोनका बिजुली बसहरु चीनसँगै भारतमा पनि उत्पादन हुनेछन् ।
नेपाली सडकको विशेषताअनुसार उपयुक्त मानिएका फोटोनका बसहरु इच्छुक नेपाली व्यवसायीले भारतसँगै चीनबाट पनि आयात गर्न सक्नेछन् । वातावरण मैत्री एवम् अत्याधुनिक सुविधा सम्पन्न यी बसहरुको वार्षिक कर नेपालको सन्दर्भमा नगण्य नै हुन्छ । यस्तै, नवीकरण शुल्क पनि धेरै कम हुन्छ । नेपाली बजारमा फोटाने मोटर्सका बिजुली बसहरु १ करोड ७० लाखदेखि १ करोड रुपैयाँसम्ममा खरिद गर्न सकिने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]