१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

प्युठानमा पहिलो पटक कृस्टल गहनाको तालिम सन्चालनमा

Logo
प्रकाशित शनिबार, जेठ ०५, २०७५


नयाँ प्रबिधि , बजार माग , बास्तबिक लक्षित बर्ग र लोपोन्मुख सामग्री उत्पादनमा जोड दिएको छु: पोख्रेल

राम बहादुर बिश्वकर्मा,प्युठान
जिल्लामा पहिलो पटक कृष्ट्ल गहनाको तालिम दिइएको छ। बिश्व ब्यापारमा महिलाहरूले धेरै शृङ्गारका सामाग्री प्रयोगमा आउने भएपनी नेपाली महिलालाई सिपको अभावमा विदेशबाट लाखौँ मुल्यका समाग्री भित्रिरहेको अवस्थामा जिल्लामा कृश्टलको गहना तालिमको सुरुवात गरिएको घरेलु तथा साना उद्योग बिकास समिति प्युठानका प्रमुख कृष्ण प्रसाद पोख्रेलले बताउनु भयो। घरेलु तथा सानाउद्योग बिकास समितीको सहयोग र मल्लरानी गाउँपालिकाको समन्वयमा खलंगामा संचालित ७ दिने कृष्टलका गहना बनाउने तालीमको अनुगमनको क्रममा पोख्रेलले स्वदेशमा उत्पादन नभएकोले यस्ता सामाग्री न्युन गुणस्तरीय र महँगो मुल्य तिरि खरिद गर्न बाध्यता हुने भएकाले जिल्लामै पहिलो पटक नयाँ कामको सुरुवात गरिएको बताउनुभयो ।
पोख्रेलले भन्नुहुन्छ”नयाँ प्रबिधि , बजारको माग , बास्तबिक लक्षित बर्ग र लोपोन्मुख सामग्री उत्पादनमा प्राथमिकता दिदै अहिले सबै स्थानीय तहमा समन्वयकारी भुमिकामा अगाडी बढेको छु ,सबैको साथ र सहयोग रहेमा जिल्ला को घरेलु उद्योगमा नमुना जिल्ला बनाउछु।”जिल्लामा यस्तो सिप तालिमको आबश्यता भए पनि हाल सम्म सुरु नगरिएकोमा सिप आर्जन गर्नबाट बन्चित हुनुपरेकालाई ठुलो अबसर मिलेको छ ,सम्भावना पनि उत्तिकै रहेको भन्दै बजारीकरणमा जोड दिनु पर्ने उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताउनु भयो ।जिल्लाको सामाजिक क्षेत्रमा कार्य गर्दै आएको सस्था ग्रामीण आर्थिक बिकास मन्च प्युठान कि सदस्य कृष्णमाया रिजालले उद्दमशिलताको क्षेत्रमा स्थानीय निकायबाट बिनियोजित बजेट उद्दम ब्यबसायमा कसरी खर्च गरिने सन्दर्भमा उद्दमशिलता बिकास सम्बन्धि बिषय बिज्ञ र सरोकार सस्था संग सहकार्य र समन्वय गरि अगाडी बढ्न सकिएमा मात्र उपलब्धिपुर्ण हुन सक्ने बताउनुभयो । आत्मनिर्भर बनाउने उदेश्यले जिल्लामा यस्तो तालिम प्रदान गर्ने आयोजकलाई धन्यवाद दिदै आफुहरु पहिलो सहभागी रहेकोमा खुशी व्यक्त गर्दै तालीम पस्चात आफ्नो ब्यसाय सुरु गर्ने सहभागीले बताएका छ्न।
तालीम प्रशिक्षणको क्रममा करिब ५० जिल्लाको अनुभव लिनुभएकी मनमाया लिम्बुले पछिल्लो समय एता कृस्टल गहनाको बजार मागले तिब्रता पाइरहेकोले यसले जिल्लामा बजार नपाउनेमा कुनै शंका नरहेको बताउनुभयो माला,साडिपिन ,सिरबन्दी ,टप,औंठि,झुम्का जन्तर हार,बाला लगाएतका प्रकार तालिम प्रदान गरिसकेको लिम्बुले बताउनुभयो । महिलाहरूलाइ स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यअनुरुप गाउँपालिकाका महिलाहरुलाई उद्दमशिलता तालिम प्रदान गरि महिला उद्यमीद्वारा नै खेलैना, गिफ्टका समाग्री ,विभिन्न स्थानीय स्तरमा उत्पादित सामग्री लगायतको शो रुम समेत सञ्चालनमा ल्याउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

  (ABC-Sanchar) दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो। उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल […]