०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

स्कारपियोको ठक्करबाट सिसहनियाँमा पैदलयात्री घाइते

Logo
प्रकाशित सोमबार, मंसिर ०१, २०७७

(सागर थापा)
दाङ देउखुरी सिसहनियाँमा स्कारपियोको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । स्कारपियोको ठक्करबाट पैदल हिडिरहेका राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ कमलरोड निवासी ७६ वर्षका डिलाराम पोख्रेल घाइते भएका हुन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ सिसहनियाँमा सोमबार विहान ६ बजे तिर पश्चिमबाट पूर्व तर्फ गइरहेको भे १ च १३६२ नम्बरको स्कारपियोले ठक्करले घाइते भएको थिए । सिसहनियाँ स्थित विष्ट स्वास्थ्य पोलिक्लिनीकमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको छ । बिहान् मनिङवाकमा निस्केका पोख्रेललाई स्कारपियोले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभएको छ । घाइते पोख्रेलको खुट्टा फ्याक्चर र टाउकोमा चोट लागेको प्रहरीले जानाएको छ । ठक्कर दिने स्कारपियो र चालकलाई ईलाका प्रहरी कार्यालय भालुवाङले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

error: Content is protected !!