१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

स्कारपियोको ठक्करबाट सिसहनियाँमा पैदलयात्री घाइते

Logo
प्रकाशित सोमबार, मंसिर ०१, २०७७

(सागर थापा)
दाङ देउखुरी सिसहनियाँमा स्कारपियोको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । स्कारपियोको ठक्करबाट पैदल हिडिरहेका राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ कमलरोड निवासी ७६ वर्षका डिलाराम पोख्रेल घाइते भएका हुन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ सिसहनियाँमा सोमबार विहान ६ बजे तिर पश्चिमबाट पूर्व तर्फ गइरहेको भे १ च १३६२ नम्बरको स्कारपियोले ठक्करले घाइते भएको थिए । सिसहनियाँ स्थित विष्ट स्वास्थ्य पोलिक्लिनीकमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको छ । बिहान् मनिङवाकमा निस्केका पोख्रेललाई स्कारपियोले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभएको छ । घाइते पोख्रेलको खुट्टा फ्याक्चर र टाउकोमा चोट लागेको प्रहरीले जानाएको छ । ठक्कर दिने स्कारपियो र चालकलाई ईलाका प्रहरी कार्यालय भालुवाङले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]