२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

दाङ घोराहीका विद्यालयहरु मंसिर ७ गते देखी खुल्ने

Logo
प्रकाशित शनिबार, मंसिर ०६, २०७७

(सागर थापा)
घोराही उपमहानगरको शिक्षा समितिको आज बसेको बैठकले २०७७ कार्तिक २० को मन्त्रीस्तरीय निर्णयबाट स्विकृत कोरोना सन्दर्भमा विद्यालय सञ्चालन कार्यढाँचा अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
यस अघि विद्यालयमा सिकाइ सहजिकरणको नाममा सिकाइ केन्द्र चलेका थिए ।समितिका संयोजक एवं नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले मंसिर ७ गते देखी विद्यालय सञ्चालन गर्ने र एक बेन्चमा २ विद्यार्थी मात्रै राखेर शिक्षण सिकाई क्रियाकलाप गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, विहान साढे १० देखी अपरान्ह साढे ३ बजे सम्म विद्यालय सञ्चालन गर्ने, १० गते देखी बसहरुले विद्यार्थी बोक्ने र बसहरु भएका विद्यालयले विद्यार्थी बोक्दा सिटमा मात्रै सिमित विद्यार्थी राख्ने र खेपसार गरेर सञ्चालन गर्ने तथा आबस्यक स्वास्थ्य सुरक्षामा विद्यालय, विद्यार्थी र अभिभाबकले विषेश ध्यान दिने निर्णय भएको छ ।
बैठकले सामाजिक विकास समितिका संयोजक भरतमणि अर्यालयको संयोजकत्वमा शाखा अधिकृत एवं नगर शिक्षा समितिका सदस्यहरु नारायणप्रसाद पौडेल, ज्ञानेन्द्र गौतम, निशान्त आचार्य र माया रावत सदस्य रहेको विद्यालय अनुगमन समिति गठन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!