२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

तारा एयरद्वारा नेपालगन्जदेखि हुम्लाका सहुलियत उडान सुरु

Logo
प्रकाशित शुक्रबार, पुष १७, २०७७

(महेन्द्र सिंह)
बाँके । निजी क्षेत्रको तारा एयरलाइन्सले नेपालगंजबाट हुम्लाका लागि सहुलियत उडान सुरु गरेको छ । सर्वसाधारणलाई मध्य नजर राखि उक्त एयरलाइन्सले सहुलियत उडान सुरु गरेको हो ।

हुम्लाका न्यून आयश्रोत भएका स्थानीयलाई मध्यनजर राखि सहुलियत उडान नेपालगंजबाट सिमकोटका लागि भर्न सुरु गरेको तारा एयर सिमकोटका सहइनचार्ज नुर्वु लामाले बताउनुभयो । कोरोना कहर पछि हुम्लामा सञ्चालनमा आएका एयरलाईन्स मध्य सहुलियत उडान भर्ने तारा एयर पहिलो भएको छ ।

अब सहुलियत उडान प्रत्येक बुधवार हुनेछ । यसका लागि भाडादर प्रतियात्रु पाँच हजार ४६५ निर्धारण गरिएको एयरलाईन्सले जनाएको छ । जब कि चार्टर उडानमा निजी एयरलाइन्सहरुले प्रति यात्रु नेपालगंजबाट सिमकोटसम्म दश हजार पाँच सय रुपियाँ लिने गर्छन् । तारा एयरले हुम्लाका लागि सहुलियत उडान सुरु गरेसँगै अन्य सीता तथा समिट एयरलाई पनि उक्त उडान भर्न दवाब सृजना हुने स्थानीय छक्क बहादुर रोकायाले बताउनुभयो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]