०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

तारा एयरद्वारा नेपालगन्जदेखि हुम्लाका सहुलियत उडान सुरु

Logo
प्रकाशित शुक्रबार, पुष १७, २०७७

(महेन्द्र सिंह)
बाँके । निजी क्षेत्रको तारा एयरलाइन्सले नेपालगंजबाट हुम्लाका लागि सहुलियत उडान सुरु गरेको छ । सर्वसाधारणलाई मध्य नजर राखि उक्त एयरलाइन्सले सहुलियत उडान सुरु गरेको हो ।

हुम्लाका न्यून आयश्रोत भएका स्थानीयलाई मध्यनजर राखि सहुलियत उडान नेपालगंजबाट सिमकोटका लागि भर्न सुरु गरेको तारा एयर सिमकोटका सहइनचार्ज नुर्वु लामाले बताउनुभयो । कोरोना कहर पछि हुम्लामा सञ्चालनमा आएका एयरलाईन्स मध्य सहुलियत उडान भर्ने तारा एयर पहिलो भएको छ ।

अब सहुलियत उडान प्रत्येक बुधवार हुनेछ । यसका लागि भाडादर प्रतियात्रु पाँच हजार ४६५ निर्धारण गरिएको एयरलाईन्सले जनाएको छ । जब कि चार्टर उडानमा निजी एयरलाइन्सहरुले प्रति यात्रु नेपालगंजबाट सिमकोटसम्म दश हजार पाँच सय रुपियाँ लिने गर्छन् । तारा एयरले हुम्लाका लागि सहुलियत उडान सुरु गरेसँगै अन्य सीता तथा समिट एयरलाई पनि उक्त उडान भर्न दवाब सृजना हुने स्थानीय छक्क बहादुर रोकायाले बताउनुभयो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!