प्रकशित मिति : २५ पुष २०७७, शनिबार ०७:३२

 

(ABC Sanchar)
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि बैंक खुला राख्न निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो ।

राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । केहि बैंकहरुले आजै सूचना प्रकाशित गरेर भोलि दिउँसो बैंक खुला रहने जानकारी गराएका छन् ।रासस


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2023 AbcSanchar.com